धरहराबाट नाफा कमाउनेहरुले न धरहराको बीमा गरेका रहेछन्, न चढ्नेहरुकै ...
काठमाडौं । धराहराको व्यवस्थापनको जिम्मेवारी लिएको साइडवाकर्स नामक कम्पनीले नियमित प्रिमिययम नतिरेका कारण बीमा पोलिसी समाप्त भएको सम्बन्धित कम्पनीले दावी गरेको छ ।
महाभूकम्पले भत्किएपछि बीमा कम्पनीले नै नवीकरण गर्न नमानेको धरहराको व्यवस्थापन लिएको साइवाकर्सले बताउ“दै आएको थियो । सुरुवातका केही वर्ष साइडकवाकर्सले एएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमित प्रिमियम नतिरेका कारण धरहराको बीमा पोलिसी समाप्त भएको स्पष्ट पारेको छ ।
२०६१ सालदेखि २० वर्षका लािग धरहरा व्यवस्थापनको जिम्मेवारी लिएको साइडकवाकर्स ट्रेडर्स प्रालिको आरोप गलत गरेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी विजयबहादुर शाहले बताए ।
‘पहिले बीमा गरेपछि नवीकरण गर्दिन भन्ने मिल्दैन’ उनले भने साइडवाकर्सलाइ पटक पटक फलोअप गर्दा पनि प्रिमियत तिर्न मानेन । त्यहि भएर पोलिसी समाप्त भयो । उनका अनुसार २०६१ सालमा एक वर्षको लागि १० करोड बराबरको निर्जीवन बीमा गरिएको थियो ।
त्यतिबेला ३ लाख १० हजार रुपैया प्रिमियम तिर्न गरी एक वर्षको लागि बीमा भएको थियो । त्यसपछि पनि अर्को एक वर्ष नवीकरण भयो । फेरि साइड वाकर्सले वास्ता गरेन । अन्नपूर्ण पोस्ट दैनिक मा खबर छ