Header Ads

किनमेल गर्दाको आनन्द पनि यौन आनन्द बराबर हुन्छ

एजेन्सी । एक वेभसाइटले मानिसलाई किनमेल गर्दा पनि यौन आनन्द बराबर सन्तुष्टि प्राप्त हुने दावी गरेको छ । वेभसाइट बसल डट कमका अनुसार अनुसन्धानकर्ताहरुले आफ्नो शोधमा ठुलो किनमेलबाट मष्तिस्कमा उद्दिप्त हुने एक विशेष प्रकारको स्पट पत्ता लगाएका छन् ।

साथै यो स्पट आनन्द प्रदान गर्ने अन्य प्रेरकहरु जस्तै रतिक्रियाका कारण पनि उद्दिप्त हुने गर्दछ । अनुहारको भाव–भंगीमा पहिचान गर्ने प्रणालीको उपयोग गर्दै एक ३० वर्षीया महिलालाई किनमेलका लागि मनपर्ने स्टोरमा पठाइएको थियो ।

 यस क्रममा शोधकताहरुले महिलाको मष्तिस्कको निगरानी गर्ने एउटा प्रणाली उपयोग गरेका थिए । जसबाट उनलाई प्राप्त हुने आनन्दको स्तर मापन गरिएको थियो। शोधका क्रममा शोधकर्ताहरुले पाए कि महिलाको खुसी व्यक्त गर्ने प्रणाली त्यतिबेला सबैभन्दा उच्चस्तरमा पुग्यो जतिबेला उनले एक जोर पाइन्छ किनिन् । जुन पाइन्ट उनी लामो समयदेखि किन्ने सपना देखिरहेकी थिइन् ।

 मुख्य शोधकर्ता स्काँट रिकले भने–‘व्यक्तिलाई छुनुको सट्टा हामीले सिधै मष्तिस्कबाटै यो जान्ने कोशिस गरेका हौ । यसका लागि हामीले मानिसलाई किनमेल गर्ने अवसर दियौ र यसक्रममा उनीहरुको मष्तिस्कको गतिविधिमा चलायमान एमआरआईको माध्यमबाट नजर राख्यौ ।

 शोधकर्ताहरुका अनुसार किनमेलका क्रममा अत्यधिक मुल्य तिर्दा यो अनुभूति यसको विपरीत हुने गर्दछ ।
Powered by Blogger.