लामो समय चुप रहेकी ऐश्वर्या रायलाई अब फेरी पर्दामा हेर्न पाउने
एजेन्सी । लामो समयपछि भारतीय अभिनेत्री ऐश्वर्या राय दर्शकका माझमा आउने भएका छन् ।
उनी करिब पाँच वर्षको अन्तरालपछि आइतबार फिल्म ‘जज्बा’ मार्फत दर्शकमाझ आउन लागेकी हुन् ।
फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याले चलचित्र जज्बा को पहिलो झलकसहित सहभागिता जनाउँदै छिन्। ऐश्वर्या एक दशकदेखि फेस्टिभलमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्।
जज्बा को पहिलो झलक देखाएपछि उनी कान्सको विभिन्न कार्यक्रममा सहभागी हुँदैछिन्। उनी आगामी बुधबार रेड कार्पेटमा देखा पर्नेछिन् भने भोलिपल्ट पति अभिषेक बच्चनको साथमा अर्को एक कार्यक्रमा भाग लिँदैछिन्।
सञ्जय गुप्ताको निर्देशनमा बनेको यो चलचित्रमा उनले वकिलको भूमिकामा अभिनय गर्दैछिन्।