यीनका कारण जिल्लामा झन् बिजोग, रित्तो जिल्ला ..
काभ्रे । बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परी घाइते हुनेहरुको उद्दार र पीडितहरुका लागि राहत कार्यमा खटिएको जिल्लाका सबै प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रचारको लोभमा व्यक्तिगत रुपमा राहत वितरण गर्ने काममा सोहोरेर लगेपछि मंगलबार दिउँसो गएको भुकम्पमा उद्दार गर्न जिल्लामा टोली भएन ।
सहायक जिल्ला अधिकारी अर्जुनकुमार शर्मा कार्यालयमा काम गरिरहेको बेला भुकम्प गएपछि भागेर ज्यान जोगाउन जिल्ला प्रहरी कार्यालय पुग्दा कार्यालय सुनसान थियो । सर्वसाधारण आत्तिएर प्रहरी कार्यलयमा फोन गरिरहँदा एसपी पुजा सिंह लोकमानको पछिपछि भएपनि पाँचखालबाटै फर्किन ।
तर , लोकमान भुकम्प आइरहेपनि आमा, श्रीमती र छोराछोरीका साथ डीआईजी पशुपति उपाध्याय, एसएसपी पीताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकाल, खड्कदल गणका गणपति प्रकाशबहादुर चन्द, स्थानीय विकास अधिकारी चिरञ्जीवी तिमल्सिना लगायतको लावालस्कर लिए पलाञ्चोक भगवती पुगेर दर्शन गर्न लाग्दा फेरि अर्को भुकम्पको धक्का आएपछि दर्शन नै नगरी फर्किएका थिए, आजको नेपाल समाचारपत्र दैनिकमा छ ।