दोलखा बासीले गरे गृहमन्त्रीको विरोध, राहत वितरणमा समेत असन्तुष्टि
दोलखा । गृहमन्त्री वामदेव गौतमले संसद बैठकमा पेस गरेको भूकम्प पीडितको आँकडालाई लिएर दोलखामा चर्को विरोध भएको छ । गृहमन्त्री गौतमले दोलखामा भएको जनधनको क्षतिको सही तथ्यांक पेस नगरेको भन्दै जिल्लाका राजनीतिक दलहरुले चर्को विरोध गरेका हुन् । गृहमन्त्री गौतमकै पार्टी नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादी लगायतका दलहरुले गृहमन्त्री गौतमले संसदमा पेस गरेको तथ्यांक सही नभएको भन्दै सच्याउन आग्रह गरेका छन् ।
गौतमकै पार्टी एमालेका तर्फबाट सभासद रहेका आनन्द पोखरेलले समेत गृहमन्त्री गौतमले दिएको तथ्यांक सही नभएको टिप्पणी गरेका छन् । एमाओवादीका जिल्ला नेता विशाल खड्काले पनि सो तथ्यांक सही नभएको बताए । वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परेर भएको क्षतिको विषयमा गृहमन्त्री गौतमले संसदमा रिपोर्ट पेस गर्दा दोलखामा मृतकको संख्या ७५, घाइतेको संख्या ३०४ र क्षतिग्रस्त घरधुरी ५ हजारमात्र रहेको बताएका थिए । जिल्ला प्रशासन कार्यालय दोलखाले पठाएको क्षतिको तथ्यांक भने मिलेको देखिदैन ।
जिल्ला प्रशासन कार्यालय दोलखाले पूर्ण रुपमा क्षति भएका घरधुरी संख्या ४५ हजार, आंशिक क्षति घरहरुको संख्या १० हजार, मृत्यु हुनेहरुको संख्या ८०, वेपत्ताहरुको संख्या ४० र घाइते ५ सय ४५ जनाको तथ्यांक पठाएको थियो । त्यस्तै, भूकम्पबाट पीडित परिवारलाई राहत वितरण गर्ने सवालमा समेत दोलखामा असन्तुष्टी बढ्दै गएको छ । जिल्लास्थित उद्धारकोषको कार्यालयमार्फत राहत वितरण गर्नुपर्नेमा एक्लौटी पार्टीगत रुपमा राहत वितरण भएको भन्दै असन्तुष्टी बढेको हो ।
विशेषगरी एमाले सम्बद्ध सभासदहरुको निर्देशनमा एक्लौटी राहत वितरण गरेको भन्दै नेपाली काँग्रेस र एमाओवादीले असन्तुष्टी व्यक्त गरेका हुन् । जनता आपतमा परेका बेला कसैलाई लाखा कसैलाई पाखा नगरी राहत वितरण गर्न समेत ती पार्टीका नेताहरुले आग्रह गरे । एमालेले भने राहत वितरणमा एक्लौटी नभएको बताएको छ ।