Header Ads

प्रधानमन्त्रीले भने, ‘नेपाललाई हाइटी हुनबाट जोगाउँछु’

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई हाइटीजस्तो राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

 बालुवाटारमा शनिबार तनहुँ-काठमाडौं लोकतान्त्रिक बुद्धिजीवी समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सो प्रतिबद्धता जनाएका हुन् ।

 ‘वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आहत भएका जनतालाई सरकारविरुद्ध उचालेर नेपाललाई राज्यविहीनताको अवस्थामा पु¥याउन खोजिएको छ।

मलाई केही लिनु छैन त्यसैले म पीडितलाई राहत दिने काममा दृढताका साथ लाग्दछु,गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्न कुनै कञ्जुस्याईं बाँकी राख्दिन’ उनले भने ।
Powered by Blogger.