अमेरिकी हेलिकोप्टर दुर्घटनामा नेपाली सेनाका सहसेनानी र जम्दारकाे मृत्यु ! मृत्यु भएकाहरुको शव अाज काठमाण्डौ ल्याउने
काठमाडौं । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोकको सीमानामा पर्ने घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
कालिन्चोकका एक स्थानीयको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको हो । घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ गणका गणपति सुरेशकुमार कार्कीले जानकारी दिएका छन अनलाईनमा यस बारे समाचार छापिएको छ ।
कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ झण्डै ११ हजार २०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यो ठाउँ सिन्धुपाल्चोक र दोलखाको सीमानामा पर्छ ।
घोर्थली बाह्रबिसेबाट माथि सिन्धुपाल्चोक जिल्लामा पर्छ भने दोलखाको बिगु गाविस जोडिएको छ । मंगलबार भूकम्प प्रभावितहरुको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकोप्टर सुनखानी क्षेत्रबाट सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी ८ जना सैनिक थिए ।
हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका लागि नेपालका साथै अमेरिकी ओस्प्रो विमान समेत प्रयोग गरिएको थियो । साथै ४०० पैदली फौज र नेपाली सेना, भारत र अमेरिकाका हवाइ साधनलाई समेत प्रयोग गरिएको थियो ।