Header Ads

काम गर्दा गर्दै जलेर दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरिया । दक्षिण कोरियामा काम गर्ने कम्पनीमा जलेर एक नेपालीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । दाङ जिल्ला रामपुर ४ गदवा घर भएका अति उल्लाह खानको काम गर्ने कम्पनीमा जलेर ज्यान गएको हो ।

 फेन्थेकमा कार्यरत खानको शुक्रबार अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । ६ महिनाअघि कोरिया आएका उहाँ फेन्तेक फोङजन पिछल नामक आल्मुनियम सम्बन्धी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । एउटै साहुको अर्को कम्पनीमा काम गरिरहेका उहाँ २ हप्ताअघि मात्र दुर्घटना भएको कम्पनीमा कामका लागि आएको सँगै कार्यरत गोविन्द चौलागाईंले जानकारी दिनुभयो ।

 आल्मुनियम सम्बन्धी काम भएपनि खानको कार्यस्थल त्यति खतराजन्य नपाएको चौलागाईको बुझाई छ । अकस्मात केहि विस्फोट भए जसरी खानको शरीर जल्न पुगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै चौलागाईंले जानकारी दिनुभो । घटनाको बारेमा कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ ।

घटनाको बारेमा कोरियास्थित नेपाली दुतावासले आधिकारीक जानकारी दिएको छैन । श्रोतका अनुसार नेपाली दुतावाका प्रतिनिधि घटना स्थल पुगिसकेका छन । खानसँगै काम गर्ने बारा हरैया ५ नयावस्तीका ३९ वर्षका हरि सुवेदी गम्भीर घाईते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ । -खेम कार्की/उज्यालो
Powered by Blogger.