सुटकेस भित्र ८ वर्षे बालक यसरी भेटिए पछी … प्रहरीले पक्राउ
स्पेन । एक ८ वर्षका बालकलाई सुटकेस भित्र राखेर स्पेन प्रवेश गर्न खोज्ने मोरोक्कन महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आइभेरी कोष्टबाट धेरै घन्टा सुटकेसमा राखेर उक्त बालकलाई ‘इ–१ ताराजाल’ नाकाबाट स्पेन प्रवेश गराउन खोजिएको थियो । उक्त नाका मोरोक्कोको सिमानामा पर्छ । प्रहरीहरुका अनुसार उक्त ८ वर्षे बालकलाई कति घन्टासम्म त्यसरी सुटकेसमा प्याक गरिराखिएको थियो भनेर अनुसन्धान भइरहेको छ ।
‘हामलिे सुटकेस खोलेर हेर्दा बालक अचम्मीत भयो,’ एक प्रहरी अधिकारीले भने, ‘यद्दपी बालकको स्वास्थ्य अवस्था भने सामान्य छ ।’
प्रहरीले नाका प्रवेश गर्न खोजेकी २१ वर्षीय मोरोक्कन महिला माथी शंका लागि खान तलासी गर्दा उक्त बालक भेटिएको थियो । सुटकेसमा बालक बरामद भएपछि स्पेनका स्थिाई बासिन्दा उनका पितालाई पनि प्रहरीले पक्राउ गरेको छ ।@कान्तिपुर