बुढागाउ, रोल्पामा १ घरमा आगलागी हुँदा करिव ५ लाख बराबरको क्षेती
नवराज बुढा नवीन उदासी, रोल्पा । बुढागाउ ७ पोखरी रोल्पामा लक्ष्मन घर्ती र पुष्पा घर्तिको घरमा जेठ १ गतेका दिन करिव ११ बजेतिर आगलागी भएको छ। घरका सबै मान्छेहरु बारिमा काम गर्न गएको बेला अचानक गाउलेहरुले आगो र धुवाको मुस्लो देख्ने बेला आगोले घर आधा जति डढिसकेको थियो।
पछी नजिकका सबै गाउलेहरु र अलि टाढा बाट आएका युवाहरुले गाग्री, ड्रम र जर्किन बाट पानी छर्किएर आगोलाई नियन्त्रणमा लिने बेला सम्म सबै जलेर नष्ट भैसकेको थियो। गाउलेहरुले प्रहरीलाई खबर गरेपछी अस्थाई प्रहरी पोष्ट बुढागाउ ३ कोइला, रोल्पाबाट प्र.स. नि. नारायण गिरिको नेतृत्वमा खटिएका प्रहरी जवानहरु पुर्णबहादुर खड्का र गिरिजा प्रसाद डागिको टोलिले आगो कसरी लाग्यो भन्ने बिषयमा जाजबुझ गर्दा छिमेकी घरका एक अपांग बालकले सलाई उचालेर भागेको देख्दा उसैले नै आगो लगाएको हुन सक्ने गाउलेहरुले बताएका छन।
उक्त आगोमा परेर सोलार प्यानल, लट्टाकपडा, खाद्यान्न, नगद जिन्सी, नागरिकता, बक्स पलङ्ग, दारपाट लगायत अन्य सबै सामाग्रीहरु जलेर नष्ट भएका छन। र यस दु:खको घडीमा दलिय प्रतिनिधि नेता भक्तबहादुर घर्ती नविले सहानुभूति दिदै सबै गाउलेहरु मिलेर सहयोग र घर निर्माण गरिदिने वचन पनि दिनुभएको छ।
घरमा मलेसिया बाट श्रीमान् लक्ष्मन घर्तिले साहु तिर्ने भनी पठाएको १ लाख रुपैया र अन्य घरभित्र रहेका सबै सामानहरु र सबै गरेर करिब ५ लाख बराबरको क्षेती भएको पीडितलाई उद्धृत गर्दैनवराज बुढा नवीन उदासिले जानकरी दिनुभएको छ।