Header Ads

राहत संकलनको बहानामा घुमफिरमा मस्त प्रियंका कार्की र अन्जु पन्त - भिडियो

गत बैशाख १२ गते देशमा गएको महाभूकम्प बाट दशौ हजारले ज्यान गुमाउन पुगे भने लाखौ बिस्थापित बने । भूकम्प पिडितलाई चौतर्फी रुपमा देश विदेश बाट सहयोग तथा राहत आउदै गर्दा नेपाली सेलिब्रेटीहरुले पनि राहत वितरणमा अहम भूमिका निर्बाह गरे । महाबिपतका बेला हलिउड तथा बलिउड सेलिब्रेटीले समेत दु:ख ब्यक्त गर्दै राहत संकलनमा सहयोग गरे । सोहि समयमा बिदेसका कार्यक्रममा रहेका केहि कलाकारले कार्यक्रम बाट संकलन भएको पैसा राहत वितरणमा लगानी गर्नुका साथै स्वदेश रहेका कलाकार तथा सेलिब्रेटीहरु राहत संकलन तथा बितरणमा अहोरात्र खटे ।
राष्ट्रको दायित्व रहेको कामलाई सेलिब्रेटीले पुरा गर्दा कलाकारलाई पिडितले स्याबास पनि दिइरहेका छन् । दोस्रो पटक बैशाख २९ गते शक्तिशाली भूकम्प जादा थप पिडित बनेका छन् । यसो त सेलिब्रेटीको राहत संकलन तथा वितरण कार्यक्रम अझै जारी छ । यस्तै देशमा भूकम्प गए लगत्तै राहत संकलनको कार्यक्रमको लागि भन्दै युके हानिएकी नायिका प्रियंका कार्की र गायिका अन्जु पन्तले भने आफ्नो हर्कत देखाएका छन् । सारा नेपाली पिडामा डुबेका बेला समग्र मनोरंजन क्षेत्र समेत बन्द गरिएको अबस्थामा यी दुइ भने राहत संकलनको बहानामा युकेमा घुमफिरमा मस्त छन् । यी दुइ संग गायक शिब परियार पनि छन् ।

यद्दपी सार्बजनिक भिडियोमा भने शिबलाई देखिदैन यसर्थ यी दुइलाई राहत संकलनको बहाना निकै फलदायी बनेको छ । प्रियंका र अन्जु घुमफिरका लागि गाडीमा सवार हुदै गर्दा हिन्दि फिल्म ‘रागिनी एमएमएस २’ को ‘चार बोतल भोड्का’ बोलको गीतमा रमाइरहेका छन् । यसो त यो समूह एक कार्यक्रम पछि नै रमाइलोमा ब्यस्त रहेको जानकारी यस अघि नै प्राप्त भए पनि अहिले सार्बजनिक भिडियोले प्रमाणित गरेको छ । मानब जीवनमा मनोरंजन एउटा महत्वपुर्ण पाटो हो ।

 यद्दपी देश र सारा जनता पिडामा डुबेका बेला राहत संकलन भन्दै विदेश जानु र राहतकै बहानामा घुमफिरमा मस्त हुनु स्वाभाविक हो र ? कि सस्तो लोकप्रियता र जनताको नजरमा राम्रो बन्नका लागि राहत संकलन भनियो यो कुरा उनीहरु नै जानुन् । नायिका प्रियंका आफुलाई निकै स्मार्ट र जान्ने सुन्ने ठान्छिन् तर सार्बजनिक भिडियो र देशको बर्तमान अबस्थाको कारण उनको बौदीकतामा नै प्रश्न उठेको छ । घुमफिरको भिडियो सोहि समुहले युटुबमा राखेका थिए तर समाचार आउन थाले पछि भिडियो डिलेट गरेका हुन् । यद्दपी उक्त भिडियो फिल्मीबजारले सुरक्षित राखेको छ । प्रियंका बिबादमा फस्ने नायिका हुन् ।

केहि समय अघि मात्रै ‘मल फङ्सन’को कारण पत्रकारलाई अपशब्द प्रयोग गर्दा बिबादमा तानिएकी थिइन् यस्तै गायिका अन्जु पन्त हिन्दु भजन नगाउदा र हिन्दु धर्मको धज्जी उडाउदै ‘क्रिश्चियन’ धर्मको बखान गर्दै हिडेको कारण बिबादमा तानिएकी थिइन् । जस बाट माथि उठ्न अन्जु गतिलो माध्यमको खोजीमा थिइन् । अन्जुका लागि राहत संकलन एउटा गतिलो माध्यम थियो जस बाट उनि पुन:आम नेपाली श्रोताको मनमा बस्ने अवसर थियो । यद्दपी यो हर्कतले उनको उद्देश्य पुरा हुन कठिन छ । सार्बजनिक भिडियोले नेपालमा जारि भूकम्पको पिडा बाट बच्न विदेश गएको समेत संकेत गर्दछ । तथापि तन मन र धनले राहत संकलनकै लागि लागिपरेको हो भने चुनौती पनि देखिएको छ ।

 श्रोत: फिल्मी बजार डट कम
Powered by Blogger.