Header Ads

पहिलो पटक राहत पाउदा स्थानियमा यसरी छायो खुसियाली

गोर्खा, बैशाख २७ । पर्यटकीय नगरी सौराहामा रहेको २ समाजिक संस्थामा अगुवाई गोर्खा र काभ्रे जिल्लाको विकट गाउंमा राहत वितरण गरिएको छ । लायन्स क्लब सौराहा र सपना भिलेजसगैं सहकार्य गर्दै चर्चीत संगितकार एवं गायक रमेशराज भटराई पनि राहत बड्न गोर्खाको हिलेर्खक पुगेको थिए ।

लायन्स क्लब अफ चितवन सौराहा र सपना भिलेज सोसल ईम्फ्याक्टले गोर्खाको फिनाम हिलेर्खक गाउं, मिरकोट गाउ र काभ्रेपलाञ्चोक पाँचखाल टाँके गाउँमा पहिलो पटक राहत बाडेको लायन्स कलब अफ चितवन सौराहाका अध्यक्ष दामोदर रेग्मीले बताए । गोर्खाको फिनाम हिलेर्खक गाउंमा लायन्स क्लब सौराहामा पूर्व अध्यक्ष दिपेन्द्र खतिवडाको संयोजकत्वमा ३५ परिवार, मिरकोट गाउमा क्लबका सदस्य विक्रम चौधरीको संयोजकत्वमा ३० घर परिवार र काभ्रेपलाञ्चोक पाँचखाल टाँके गाउँमा क्लबका कोषाध्यक्ष शिरलाल परियारको संयोजकत्वमा ६० परिवारमा गरि ५ लाख ५५ हजार रुपैया बराबरको राहत बाडिएको थियो ।
राहतको पर्खाईमा आहत बन्न पुगेका भुकम्प पिडितहरुमा सौराहाका समाजसेवी र व्यवसायी समिलित २ संस्थाले राहत पु¥याउदा उनीहरुमा एकाएक खुसी छाएको थियो । गाउमा ३० घर थिए हिलेर्खक गोर्खाकी ५० बर्षिय मैया थापाले भनिन् भुकम्प आउदा गोठाला गएको थिए, अन्न झिक्न समेत पाएको थिएईन्, बस्न जनतन जोहो गरे पनि खानालाई मुस्कील थियो राहत पायौ खुसी लागेको छ ।

 उनी मात्रै होईन् काभ्रेकी भुकम्प पिडित स्थानिय फुलमति रमतेल जिल्ला सदरमुकाम धुलिखेलबाट झन् नजिक भएर पनि आफुहरु बत्तिमुनिको अँध्यारो बन्न पुगेको दुखेसो गर्दै । पहिलो पटक राहत सामाग्री पाएकोमा गाउँले खुसी छन् । स्थानिय पिडित रामु रम्तेलले चितवन जस्तो टाढाबाट सहयोग आउनु भुकम्प पिडितकालागि खुसीको कुरा भएको बताए ।

दुई संस्था ३ ठाउंमा गरि प्रति परिवार ४० केजीको एक बोरा चिरा मसिना चामल, १ थान त्रिपाल, ३ किलो दाल, साबुन, नुनतेल लगायतका खाद्य सामाग्रीहरु सहयोग गरेको लायन्स कलब चितवन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । राहत वितरणमा नेपाल परिवार होल्यान, होल्यानको रोटरी क्लव र पिपुल फ्रम होल्यानले पनि सहयोग गरेका थिए ।

टोलीमा चर्चीत संगितकार एवं गायक रमेशराज भटराई, लायन्स कलब अफ चितवन सौराहाका बर्ष २०१५÷१६का निर्वाचित अध्यक्ष प्रकाशचन्द्र भटराई, कोषाध्यक्ष अन्जन कुमार पाण्डे, निर्देशक राजेन्द्र भण्डारी, सदस्य रामजित चौधरी, सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेत, सन्तोष भट र मुरली ढकाल र नेपाल परिवार होल्यानका संयोजक रामु रिजाल लगायतको सहभागी थियो ।
Powered by Blogger.