Header Ads

मिति: वि.सं.२०७२ साल वैशाख २६ गते। शनिबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-05-09 तारिख, उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। पन्चमी तिथि, वैशाख २६ गते । शनिबार। अनुसार तपाईंको राशी यस प्रकार छ !

मेष :: चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साताको मध्य भागका दिनहरू अनुकूल रहनेछन्। शनिबार धर्मकर्ममा अवरोध आउन सक्नेछ। आइत, सोमबार कामकाज सजिलै बन्नेछ। मानसम्मान पाइनेछ। मंगल, बुधबार सबैतिरबाट लाभैलाभ हुनेछ। बिही, शुक्रबार खर्चिलो रहनेछ।

वृष :: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

साताको पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनिबार प्रतिकूल रहनेछ। आइत, सोमबार मध्यम प्राय: रहनेछ। मंगल, बुधबार आटे तोकेको काममा सफलता मिल्नेछ। बिही, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ।

मिथुन :: का, कि, कु, घ, ङ, छ, के, को, हा

साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निकै सुखद र रमाइलो रहनेछ। पारवहन कार्य सहज हुनेछ। आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम प्राय: रहनेछ। बिही, शुक्रबार उत्तमोत्तम फल प्राप्त हुनेछ।

कर्कट  :: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साताको पूर्वार्ध अनुकूल रहनेछ। शनिबार आटेताकेको काम बन्नेछ। आइत, सोमबार यात्रा, व्यापार व्यवसाय बढ्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार धार्मिक कार्यमा व्यवधान बढ्न सक्नेछ।

सिंह :: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साताका थोरै दिन मात्र अनुकूल रहनेछन्। शनिबार मनमा चिन्ता बढ्नेछ। आइत, सोमबार शत्रु परास्त हुनेछन्। पराक्रम बढ्नेछ। मंगल, बुधबार पारिवारिक सहयोग प्राप्त हुनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।

कन्या :: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

साताको अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार मनमा भय र त्रासले बास गर्नेछ। आइत, सोमबार निर्णय क्षमतामा कमी आउन सक्नेछ। मंगल, बुधबार प्रतिपर्धा सार्थक रहनेछ। बिही, शुक्रबार मनोरञ्जन गरिनेछ।

तुला :: रा, रि, रु, रे, रो, ता, ति, तु, ते

साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निकै महत्त्वपूर्ण रहनेछ। सामाजिक यश कीर्ति मिल्नेछ। आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार सहकार्यमा लाभ हुनेछ।

वृश्चिक :: तो, ना, नि, नु, ने, नो, या, यि, यु

साताको थोरैमात्र दिन अनुकूल रहनेछ। शनिबार आर्थिक र मौखिक पक्ष कमजोर रहनेछ। आइत, सोमबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार मध्यम रहनेछ।

धनु :: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

साता सरदर रहनेछ। शनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। आइत, सोमबार मध्यम रहनेछ। मंगल, बुधबार क्रियाशीलता बढ्नेछ। दीर्घकालीन काम बन्नेछ। नयाँ कामको अवसर मिल्नेछ। बिही शुक्रबार मनमा दुविधा बढ्नेछ।

मकर :: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

साता मिश्रित रहनेछ। शनिबार निकै खर्चिलो रहनेछ। आइत, सोमबार महत्त्वपूर्ण काम बन्नेछ। मंगल, बुधबार बोलीवचनमा सावधान रहनु नै बेस हुनेछ। बिही, शुक्रबार उपयुक्त कार्यदिशा तय हुनेछ। मन प्रफुल्ल हुनेछ।

कुम्भ :: गु, गे, गो, सा, सि, सु, से, सो, दा

साता सरदर खालको रहनेछ। शनिबार निकै अर्थपूर्ण रहनेछ। मन प्रसन्न हुनेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार भाग्योदयकारक रहनेछ। बिही, शुक्रबार स्वास्थ्यप्रति निकै सावधान रहनु पर्नेछ।

मीन :: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साताका प्राय: दिन अनुकूल रहनेछन्। शनिबार मानसमान, पदप्रतिष्ठा प्राप्त हुनेछ। आइत, सोमबार नयाँ आयस्रोत थपिनेछ। मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार पढाइ लेखाइमा प्रगति हुनेछ।

© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.