Header Ads

सडक दुर्घटनामा कतारका नेपाली अग्रजको निधन

कतार । कतारबासी नेपाली समुदायका अग्रज एवम् सक्रिय समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी मङ्गलबार काठमाडौँमा निधन भएकामा कतारमा कार्यरत सङ्घसंस्थाले नेपाल सरकारसँग क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।

 सोमबार साँझ टिपरले ठक्कर दिँदा वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । उहाँ एनआरएन एएनसी कतारका कार्यसमिति सदस्य, दाङ देउखुरी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार एवम् नेपाली महिला समाजको सल्लाहकार पनि हुनुहुन्थ्यो ।

 कतारमा स्थानीय कम्पनीमा कार्यरत दाहाल बिदामा घर फर्किनुभएको थियो । उहाँसँग आज कतार फर्किने हवाई टिकट थियो ।

श्रम स्वीकृति लिई फर्किने क्रममा मोटरसाइकलमा सवार हुँदा उहाँलाई ठक्कर दिइएको थियो । उहाँका श्रीमान् र छोराछोरी छन् ।

 घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनाका साथै आफूहरुलाई उचित क्षतिपूर्ति प्रदान नगरिएसम्म शव नउठाउने भनी पीडित परिवार तथा आफ्mन्तले धर्ना दिँदैआएका छन् ।
Powered by Blogger.