Header Ads

डिस्कोमा नीताको बंशी : भिडियो सहित (चलचित्र ‘धुन’ को नयाँ गीत सार्वजनिक)

काठमाडौं । आउँदो बैसाख १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक डान्सिङ गीतमा चलचित्रका लिड कलाकारहरु जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायत फिचरिङमा छन् ।

ईन्दिरा जोशीको स्वर रहेको ‘कृष्णको धुन’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक लाग्छ ।

चलचित्र ‘धुन’मा कृष्ण पौडेलको निर्देशन छ । चलचित्र मालती शाहको प्रस्तुतीमा तयार भएको हो । सांगितिक प्रेम कथा बोल्ने यो चलचित्रको सांगीतिक पक्ष उत्कृष्ट मानिएको छ । त्यसैले निर्माण युनिट गीत संगीतको कारण पनि दर्शक हलसम्म तान्ने दाउमा छ । चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।
Powered by Blogger.