Header Ads

आज निर्णायक छलफल हुने, विहानै देखी कस्सीए नेताहरु

काठमाण्डौँ । आगामी जेठ १५ मा संविधान जारी गर्न सहमतिका लागी संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलको बैठक आज (सोमबार) बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

नयाँ संविधानका अन्तर्वस्तुमा दलबीच देखिएको मतभेदलाई सहमतिमा रुपान्तरण गर्ने विषयमा केन्द्रित रहेर बैठकमा छलफल हुने बताइएको छ । छिटो भन्दा छिटो संविधान जारी गर्न सहमति भएका विषयलाई सहमतिकै आधारमा मस्यौदा लैजाउँ भन्ने पाटोबाट एमाओवादीसँग छलफल गर्ने सोच बनाएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।

 प्रमुख राजनीतिक दलबीच खासगरी राज्य पुनःसंरचनामा जाँदा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनका विषयमा गम्भीर मतभेद रहँदै आएको छ । शासकिय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा मसिनोसँग सहमति हुन सकेको छैन ।
Powered by Blogger.