Header Ads

अस्पतालबाट हामफालेर यसरी गरे आत्महत्या

काठमाडौं, वैशाख ७ । एक सातायता काठमाडौंमा दुई जनाले अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । एक बिरामी र अर्का बिरामीका कुरुवाले आत्महत्या गरेका हुन् ।

मुटु रोगका बिरामी सिन्धुपाल्चोकका सुरजमान श्रेष्ठले शनिबार बिहान गंगालाल अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका छन् । मुटु रोगका गम्भीर बिरामी उनी ट्रलीमार्फत झ्यालमा चढेर हामफालेका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी निरीक्षक कृष्ण चन्दका अनुसार ट्रलीलाई नसर्ने गरी बाँधेर त्यसमा चढेर उनी झ्यालबाट हामफालेका थिए । गम्भीर रोगकै कारण श्रेष्ठले आत्महत्या गरेजस्तो देखिएको छ ।

आफन्तका अनुसार रोगले बढी च्याप्दा उनले मुटुले काम गर्न छाडेकाले आफू नबाँच्ने बताउने गरेका थिए । गत बुधबार बाँसबारीस्थित न्युरो अस्पतालमा बिरामीका कुरुवाले आत्महत्या गरेका थिए । श्रीमतीलाई पक्षपात भएकाले उपचार गराइरहेका ताप्लेजुङका हर्कबहादुर राईले हामफालेर आत्महत्या गरेका हुन् ।

 श्रीमती बिरामी भएकै कारण उनले आत्महत्या गरेको हुनसक्ने आफन्त र अस्पतालका अधिकारीले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.