Header Ads

भगवान कृष्णलाई बिकिनीवाली गोपिनीसँग रासलीलामा देखाएपछि….

एजेन्सी । धार्मिक मान्यताहरुविरुद्ध पेन्टिङ बनाउने विवाद कुनै नयाँ होइन । यस्ता विवाद पटकपटक देखिने गरेको छ। पछिल्लो पटक यस्तै विवादमा भारतको पश्चिम बंगालका कलाकार अकरम हुसैन परेका छन् ।

हुसैनले आफ्नो पेन्टिङमा भगवान कृष्णलाई एकपटक रासलीला गर्दै देखाएका छन् । जहाँ उनी बिकिनी लगाएका गोपिनीहरुबाट घेरिएका छन् । अकरम हुसैनले बनाएको यो पेन्टिङको सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ, धेरैलाई यसलाई अश्लिल बताएका छन् ।

हुसैनको पेन्टिङ कोलकाता र गुवाहाटीका पत्रपत्रिकामा प्रकाशन भएपछि सर्वसाधारणले सामाजिक संजालमा आक्रोश पोखेका हुन् । अरकम हुसैनविरुद्ध आसम सिलचरमा उजुरीसमेत दर्ता भएको छ।

उनको यो पेन्टिङ गुवाहाटीको रविन्द्र भवनस्थित स्टेट आर्ट ग्यालरीमा बुधबार प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममै यसको तिब्र आलोचना भएपछि तत्कालै ग्यालरीबाट हटाइएको थियो ।

सामाजिक संजाल प्रयोगकर्ताहरुका अनुसार कला र अभिव्यक्ति स्वतन्त्रताको नाममा कुसैको धार्मिक भावनामा ठेस पुराउने छुट दिनु हुन्न । यता विश्वहिन्दू परिषदले कडा प्रतिक्रिया दिएको छ। विश्व हिन्दू परिषदका प्रवक्ता विनोद बंसलका अनुसार ‘अभिव्यक्ति स्वतन्त्रताको मतलब यो होइन कि जो कोही एमएफ हुसैन बन्न लागुन् ।
हिन्दू देवी–देवताहरुलाई अपमानित गरेर सस्तो लोकप्रियता कमाउने होड तत्काल बन्द गरियोस, अन्यथा यसो गर्नु महंगो पर्न सक्छ ।
Powered by Blogger.