Header Ads

क्रिकेटर दास अब मैदानमा देखिने छैनन् !

काठमाडौँ, चैत २९ । करिब दुई दशक लामो खेल जीवनबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले शनिबार आफ्नो अन्तिम खेल खेल्दै खेल जीवनबाट सन्यास लिनुभएको छ । गत नोभेम्बरमा घरेलु लिग खेल्ने क्रममा टाउकोमा बलले लागेर मृत्यु भएका अस्टे«लियाका क्रिकेटर फिलिप ह्युजको सम्झनामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई दासले करियरको अन्तिम खेल बनाउँदै सन्यास लिनुभएपछि अब मैदानसँगको आफ्नो सम्बन्ध तोड्नुभएको हो ।

करिब १२ वर्षसम्म राष्ट्रिय टोलीको कप्तान तथा सदस्य रहेर नेपाली क्रिकेटलाई यो उचाइसम्म पु¥याउनमा महत्वपूर्ण योगदान पुु¥याउनुभएका दासले खेलाडीको रुपमा बल र ब्याटसँगको साइनोसमेत तोड्नुभएको छ । आफूले खेल जीवनलाई त्यागे तापनि खेल क्षेत्रमा कुनै न कुनै रुपले क्रिकेट खेलको विकास र विस्तारमा लागिरहने पूर्व कप्तान दास बताउनुहुन्छ । “मैले खेल जीवनको सुरुवात गर्दा नेपाली क्रिकेटमा व्यावसायिकता थिएन तर अहिले अन्तर्राष्ट्रिय सफलतासँगै आम मानिसका लागि लोकप्रिय खेल बन्न सफल भएको छ, यसको श्रेय हामीलाई कठिन परिस्थितिमा पनि सहयोग र समर्थन गर्ने नेपाली जनतालाई जान्छ”– उहाँ भन्नुहुन्छ ।

चोटका कारण करिब दुई वर्ष खेल जीवनबाट टाढा रहनुभएका पूर्व कप्तान दास अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकको मन जित्न सफल हुनुभयो । उहाँले ब्लु टिम (निलो टोली) बाट कप्तानी इनिङ खेल्दै २९ बलमा ४१ रन जोड्दै एक महत्वपूर्ण विकेट पनि लिनुभयो । यो नै उहाँको अन्तिम विकेट थियो । सन् १९९७ बाट खेल यात्रा सुरु गर्नुभएका ३२ वर्षीय दासले हङ्कङमा भएको एसिसी १९ वर्षमुनि (यू–१९) एलिट कपबाट खेल यात्रा सुरु गर्नुभएको थियो । त्यतिबेला उहाँले उपकप्तानको जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उहाँकै कप्तानीमा सन् २००१ मा घरेलु मैदानमा भएको एसिसी यु–१९ एलिट कपको उपाधिसमेत नेपालले जितेको थियो । यसैगरी सन् २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गर्नुभएका दासले पछिल्लो पटक संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी एलिट कपमा नेपालले पहिलो पटक उपाधि जित्दा उहाँ नेपाली टोलीका महत्वपूर्ण सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा यु–१९ले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेबापत सन् २००२ मा तत्कालीन सरकारले ‘गोरखा दक्षिणबाहु’ पुरस्कारबाट सम्मानित गरेको थियो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा क्रिकेट खेलले लिएको उचाइमा दासको महत्वपूर्ण योगदान रहेको टिप्पणी गर्नुभयो । “उहाँको योगदानको बर्णन गर्न अहिले मसँग कुनै शब्द त छैन तर भन्नैपर्दा उहाँजस्तो खेलाडी हत्पत नेपालले पाउन गाह्रो छ”– उहाँ भन्नुहुन्छ । कप्तान खड्काले विनोद दासबाट सबै खेलाडीले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

 नेपाली टोलीका अर्का सदस्य वसन्त रेग्मीले दासको योगदानको चर्चा गर्दै भन्नुभयो, “करिब दुई दशकसम्म निःस्वार्थ क्रिकेटमा लागिरहनु नै उहाँको विशेषता भएको चर्चा गर्नुभयो ।” नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष दीपक कोइरालाले पूर्व कप्तान दासले नेपाली क्रिकेटलाई दिएको योगदानको मूल्य आफूहरुले तिर्ने बताउनुभयो ।
Powered by Blogger.