Header Ads

हिसिलाको यो फोटो सामाजिक सञ्जालमा भाईरल !

काठमाडौं । एमाओवादी नेतृ एवं नेता बाबुराम भट्टराई पत्नी हिसिला यमीलाई प्रहरीले पक्राउ गरेको फोटोले अहिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा भाईरलको रुप लिएको छ ।

१ एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबार गरेको आम हड्ताल सफल बनाउन बिजुली बजारमा आर्क बनाएर बसेका आन्दोलकारीसँग प्रहरीको झडप भएको थियो । झडपपछि आन्दोलनकारीलाई पक्राउ गर्ने क्रममा पुरुष प्रहरीले नेतृ यमीलाई समाएका थिए ।
यमीलाई पक्राउ गर्ने ती प्रहरी नयाँ बानेश्वर वृतका डिएसपी दान बहादुर कार्की भएको एमाओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा नै उल्लेख गरेका छन् । उक्त फोटो सेयर गर्दै उनीहरुले डिएसपी कार्कीको कार्वाहीको माग समेत गरेका छन् ।

मंगलबारको आम हड्ताल सकिएपछि सभालाई सम्बोधन गर्ने क्रममा एमाओवादी सचिव वर्षामान पुनले तीनै कार्कीलाई संकेत गर्दै ‘आफ्नो सरकार बनेपछि उनीहरुलाई नछाड्ने’ बताएका थिए ।
Powered by Blogger.