Header Ads

एउटा दुर्घटनाले सत्र प्रेमिकाको पोल खोलेपछि…

एजेन्सी । चीनमा भएको एउटा सडक दुर्घटनाले एक जना पुरुषले एकसाथ १७ जना युवतीसँग डेट गरिरहेको खुलासा भएको छ । युआन नामक युवक सढक दुर्घटनामा परेपछि उनका सत्रै जना गर्लफ्रेण्ड उनको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगेपछि यो खुलासा भएको हो ।

 घटना चीनको चांगशा सहरको हो । जहाँका युआन नामक एक युवक यी सबै महिलासँग एकसाथ डेट गरिरहेका थिए ।उनका एक गर्लफ्रेण्डको त एउटा छोरासमेत रहेको पाइएको छ। उनी कुनै महिलासँग केही महिना र केहीसँग वर्षौदेखि सम्बन्धमा थिए ।
उनको पोल त्यतिबेला खुल्यो जब चिकित्सकले दुर्घटनापछि परिवारजन र प्रियजनसँग सम्पर्क गरे । उनकी एक गर्लफ्रेण्ड शिआयोले स्थानीय संचार माध्यमसँग भनिन्–जब मलाई थाहा भयो कि उनी अस्पतालमा छन् तब म निकै चिन्तित भएकी थिएँ । तर, जब मैले एकका पछि एक सुन्दर युवतीहरु अस्पताल पुगेको देखेँ तब म रुन पनि सकिनँ ।

 शियाओका अनुसार केही महिलाले त युआनलाई पैसा पनि दिएका थिए । एक प्रेमिकाले उनलाई विगत ९ वर्षदेखि पैसा दिदै आएकी थिइन् । जबकि एक अन्य प्रेमिका विवाहको तयारीमा थिइन् । चीनको सामाजिक सञ्जालमा युआनको कथा खुब शेयर गरिएको छ। हजारौं मानिस उनको कारनामामाथि टिप्पणी गरिरहेका छन् । यद्यपि सबै अलोचनात्मक छैनन् ।

केहीले उनको ‘एकसाथ कयौंलाई सम्हाल्ने’ कलाको प्रशंसा पनि गरेका छन् । उनका १७ गर्लफ्रेण्डको खुलासा भएपछि युवकविरुद्ध प्रहरीले धोकाधडीसम्बन्धी मामिलामा छानविन सुरु गरेको छ। -एजेन्सीको सहयोगमा
Powered by Blogger.