Header Ads

जबर्जस्ती करणी मुद्दामा ७४ पक्राउ !

बनेपा, वैशाख ३ । काभ्रेपलाञ्चोक जिल्लामा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका मुद्दामा पहिल्लो पाँच वर्षमा ७४ जना पक्राउ परेका छन् । ती घटनामा अझै १३ फरार छन् । पछिल्लो पाँच वर्षमा ७३ जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

 दर्ता भएका मुद्दामध्ये जबर्जस्ती करणीका ५४ र जबर्जस्ती करणी उद्योगका १९ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव ०६६/०६७ मा दर्ता भएका चार जबर्जस्ती करणीका मुद्दामा चार, ०६७÷०६८ मा दर्ता भएका सात जबर्जस्ती करणीका मुद्दामा सात र ०६८/०६९ मा तीन जबर्जस्ती करणीका मुद्दामा दुई पक्राउ परेका तथा एक फरार छन् ।

सोही आवको जबर्जस्ती करणी उद्योगका दुई मुद्दामा दुई पक्राउ परेका छन् । त्यस्तै आव ०६९/०७० मा जबर्जस्ती करणीका १३ मुद्दामा १७ फक्राउ परेका तथा तीन फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगसम्बन्धी चार मुद्दा दर्ता भएकामा तीन पक्राउ परेका र दुई फरार छन् । आव ०७०/०७१ मा दर्ता भएका जबर्जस्ती करणीका २२ मुद्दामा २० पक्राउ परेका तथा छ फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगका नौ मुद्दामा १० पक्राउ परेका छन् ।

 आव ०७१/०७२ मा दर्ता भएका जबर्जस्ती करणीका १४ मुद्दामा १६ पक्राउ परेका तथा एक फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगका छ मुद्दामा पाँच पक्राउ परेका तथा दुई जना फरार छन् ।
Powered by Blogger.