भारतीय प्रधानमन्त्री मोदी चढेको विमान दुर्घटना
काठमाडौ । भारतीय सचार माध्यामहरुले भारतलाई राष्ट्र संघको सुरक्षा परिषद्को सदस्य बनाउने दौडमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको एयर इन्डियाको विमान दुर्घटना भएको जनाएका छन् ।
अहिले युरोप यात्रामा रहेका प्रम मोदी चढेको विमान फ्रान्सको पेरिस जाने क्रममा दुर्घटनाबाट बचेको बताइएको छ । मोदी चढेको विामनको इन्जिन बिग्रिएर अकस्मात अवतरण गरिएको र त्यसमा रहेका सबै यात्रु सकुशल रहेको बताइएको छ ।
भारतीय संचार माध्यामका अनुसार मोदी चढेको विमान विग्रिएपछि उनका लागि एयर इन्डियाले अर्को विमान नयाँ दिल्लीबाट पठाएको छ ।
मोदी बोइङ ७४७–४०० बाट पेरिस जाँदै थिए । त्यहाँबाट उनी एयर इन्डियाकै जहाज चढेर क्यानडा जाने कार्यक्रम थियो ।अहिले युरोप यात्रामा रहेका प्रम मोदी चढेको विमान फ्रान्सको पेरिस जाने क्रममा दुर्घटनाबाट बचेको बताइएको छ । मोदी चढेको विामनको इन्जिन बिग्रिएर अकस्मात अवतरण गरिएको र त्यसमा रहेका सबै यात्रु सकुशल रहेको बताइएको छ ।

यो घटनापछि उनको क्यानडा जाने कार्यक्रम रद्द भएको भारतीय संचार माध्यामले जनाएका छन् । बिग्रिएको बोइङ ७४७–४०० विमानका चालक दलका सदस्यलाई पनि जर्मनीको बर्लिन पठाइएको बताइएको छ ।
