Header Ads

यमनमा २५ नेपाली अलपत्र

काठमाडौ । रोजगारीका लागि यमन पुगेको नेपाली अलपत्र परेका छन् । गृहयुद्धमा फसेको अरेबियन मुलुक यमनमा कम्तिमा २५ नेपाली अलपत्र परेका छन्।

यमनको प्रमुख सहर अडेनमा कम्तीमा ११ जना र अर्को शहर सानामा १४ जना नेपालीको जीवन जोखिममा रहेको पाइएको छ । यमनमा कामदार पठाउन नेपाल सरकारले अनुमति दिएको छैन ।

कामदार पठाउन प्रतिबन्धित मुलुक भएकाले कति जना कामदार अवैध तरिकाले गएका छन् भन्ने बारेमा जानकारी नभएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार हाल त्यहाँ अलपत्र परेका २५ जना नेपालीको उद्धार गर्न सरकारलाई पत्र पठाएको छ ।
Powered by Blogger.