Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र २० गते । शुक्रबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल चैत्र शुल्क पक्ष, चतुर्दशी तिथि, चैत २० गते शुक्रबार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
अलि धोकामा परिने सम्भावना छ। सामान्य काममा पनि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले पनि अप्ठ्यारोमा परिने सम्भावना छ। चुनौती सामना गर्नपर्ला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। दैनिक कार्यबाट पनि लाभ मिल्नेछ। वैदेशिक यात्राका लागि खर्च होला। लेनदेनमा विवाद हुन सक्छ। विपरीत लिंगीहरूबाट पनि सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। परिवारजनसँग असमझदारी देखिए पनि सहयोग लिन सकिनेछ। परिस्थिति अप्ठ्यारो देखिए पनि महत्वाकांक्षा पूरा होला। मातापिताको सहयोग जुट्नेछ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। सामाजिक प्रतिष्ठा पाइनुका साथै प्रसन्नता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने योग छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट लाभ हुनेछ। प्रशस्त धन संग्रह गर्ने समय छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। तर, परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा पनि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। सामाजिक उत्तरदायित्व वहन गरिनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। भ्रमणमा पनि समय मात्र बित्नेछ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा प्रशस्त लाभ हुनेछ। तर, खर्च पनि तत्काल गर्नुपर्ला। यात्रामा केही समस्या आउलान्। केही बाध्यताका काममा जुट्नुपर्ला। असमझदारीका बीच पनि पारिवारिक सद्भाव कायम हुनेछ। सरसापटमा खर्चनुपर्ला। आतिथ्यपूर्ण सम्मान पाइनेछ। अरूको आदरभावप्रति भने शंका जाग्ने समय छ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.