Header Ads

सत्तामा गएपछि नेतालाई जनताको के मतलब ‘जन्मभुमी’ - भिडियो सहित

काठमाडौं । मायाप्रेमका चलचित्रले स्थान पाइरहेको नेपाली चलचित्र बजारमा राष्ट्रियताको कथा बोकेका चलचित्र कमै मात्र बन्छन् । यही भिडमा देशको चिन्ता गर्ने चलचित्र बनेको छ, ‘जन्मभुमी’ ।

 मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र वैशाख ११ गते अर्थात लोकतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

 चलचित्रमा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको साथमा नव कलाकारहरु जेविका कार्की र अगि्रम गिरीको पनि मुख्य भूमिका छ । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व चलचित्रमा छ । अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ ।
Powered by Blogger.