Header Ads

अनुराधा र पुष्पा बस्नेत पछाडि : नेपालमा सेवारत अमेरिकी युवती ‘सीएनएन हिरो’मा मनोनित

काठमाडौं, चैत २९ । नेपालको मध्यपश्चिममा समाजिक कार्य गर्दै आएकी अमेरिकी नागरिक म्यागी डोइन सीएनएन हिरो २०१५ को मनोनयनमा परेकी छिन् ।अमेरिकी टेलिभिजन सीएनएनले विश्वमा सामाजिक कार्य गर्दै आएकाहरु मध्येबाट हरेक वर्ष सीएनएन हिरो छनोट गर्दै आएको छ ।

नेपालकी अनुराधा कोइराला र पुष्पा बस्नेतले यो उपाधि जितिसकेका छन् । योपटक सुर्खेतमा कोपिला भ्याली सञ्चालन गर्दै आएकी म्यागी मनोनयनमा परेकी छिन् । उनले मध्यपश्चिमका टुहुरा तथा सडक बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएकी छिन् । अमेरिकाको न्यूजर्सीमा जन्मिएकी म्यागी डोइन १० वर्षअघि डिप्लोमा सम्मको अध्ययन सकेर विश्व भ्रममणमा निस्किएकी थिइन् ।

उनी फिजी हुँदै भारत आइन् र नेपाली शरणार्थीका लागि काम गरिन् ।त्यही क्रममा उनको एक नेपाली युवतीसँग भेट भयो, जो आफ्नो परिवार भेट्न चाहन्थिन् । म्यागी डोइन उनीसँगै मध्यपश्चिम पुगिन्, जुन उनको जीवनकै ‘टर्निङ प्वोइन्ट’ बन्यो ।उनले सशस्त्र द्वन्द्वबाट प्रभावित भएकाहरु भेटिन् । साना बालबालिकाहरु गिट्टी कुट्ने काम गरिरहेको देखिन् ।

२८ वर्षकी म्यागी डोइन भन्छिन्- ‘यसले मलाई परिर्वतन गर्‍यो । उनले सन् २००६ मा जमिन किनिन् र स्थानीयसँगको सहकार्यमा कोलिका भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याइन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् ।उनले २०१० मा ब्लिनो फाउण्डसेन स्थापना गरिन्, जसले कोपिला भ्याली स्कुल खोलेको छ ।

अहिले उक्त स्कुलमा ३ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।म्यागी डोइन अधिकांश समय नेपालमै बस्छिन् र वर्षमा केहीपटक मात्र अमेरिका जान्छिन् । म्यागी डोइनले गरेको प्रशंसनीय कार्य अवलोकन गर्न सीएनएन हिरो टीम हालै मात्र सुर्खेत पुगेको थियो ।
Powered by Blogger.