गर्दन झुण्डिँदा १२ वर्षीय बालकको बिजोग
उमेरले १२ वर्ष लागेका यी बालक अन्य सबै कुरामा तन्दुरुस्त छन् । तर, यी अभागीको मुन्टो अन्य मानिसको भन्दा फरक छ । हड्डीबिनाको आफ्नो घुम्ने मुन्टोका कारण यी बालकको जीवन नर्कसमान भएको छ ।
उनको यो कष्टपूर्ण अवस्था देखेर उनका बाबुआमा छोराको चाँडो भन्दा चाँडो मृत्यु भएको हेर्न चहान्छन् । यो अनौठो मामिला भारतको मध्यप्रदेशको एक गाउँको हो । १२ वर्षीय महेन्द्र अहिरवार एक दुर्लभ विमारीबाट पीडित छन् । उनको गर्दन १८० डिग्रीमा गएर झुण्डिन्छ