Header Ads

विवाहअघि सेक्स गरेको आरोपमा एक जोडीलाई यसरी ढुंगाले हानेर मारियो - फोटोफिचरसहित

इराक, एजेन्सी । इस्लामिक स्टेटका आतंकवादीहरुले विवाह अघि यौन सम्बन्ध कायम गरेको आरोपमा एक युवक र युवतीलाई सार्वजनिक स्थलमा ढंगाले हानीहानी मारेका छन् । चरमपन्थी संगठनले गरेको उक्त क्रुर कुकृत्यको तस्वीर सार्वजनिक भएको हो ।

इराकको निन्वेह प्राप्तको मोसुलमा युवक र युवतीलाई यसरी मारिएको हो । उक्त क्रुर कृत्यमा पीडितलाई चारैतिरबाट घेरा हालेर ढुंगा हानेको देखिएको छ। प्रत्यक्षदर्शी केही व्यक्तिले आफ्नो बच्चा काँधमा राखेका छन् । उनीहरुले बच्चालाई उक्त दृष्य देखाउन यसरी बच्चालाई काँधमा उचालेका हुन् ।

मोसुलस्थित आईएसआइएसका प्रमुख अबु अन्सार अल–अन्सारीले युवक र युवतीका विरुद्ध आरोप पढेर सुनाएका छन् ।

त्यसपछि उनले युवक र युवतीलाई ढुंगाले हानेर मार्न आदेश दिएका छन् । मोसुलको मुख्य चोकमा युवक र युवतीको हत्या गरिएको हो । -एजेन्सीको सहयोगमा
Powered by Blogger.