बिपी राजमार्ग आसपासका युवा धमाधम ‘भिसा’ त्याग्दै
सिन्धुली । दुम्जा, झाँगाझोली र ग्वालटारका विदेश जान तयार युवाहरुले धमाधम प्रवेशाज्ञा (भिसा) त्याग्न थालेका छन् ।
बनेपा–सिन्धुली बर्दिवास (बिपी राजमार्ग) निर्माण कार्य सम्पन्न भएका कारण सडकको पहुँचमा रहेका युवाहरुले स्वदेशमा गरिखाने अठोट र सङ्कल्प लिएर व्यवसायतर्फ आकर्षित भएपछि ‘भिसा’ त्याग्न सुरु गरेका हुन् ।
दुम्जा, झाँगाझोली र ग्वालटार सिन्धुली जिल्लामा पर्दछ । त्यसो त ग्वालटारमा पर्ने भीमेश्वर, वाशेश्वर र भुवनेश्वरी गाविसका युवाहरु पनि धमाधम प्रवेशाज्ञा त्याग्न अग्रसर देखिएका छन् ।
झाँगाझोलीका २४ वर्षीय सागर श्रेष्ठले हालै ‘फ्युचर इम्प्लाइमेन्ट सर्भिस’ले मलेसिया जान उपलब्ध गराएको राहदानी त्यागेका थिए । पूर्व झागाझोली–४ स्थित साला–भेना तरकारी फार्मका सञ्चालक कुशल चौलागाईं र जीवन पोखरेलले गरेको प्रगति देखेर र उनीहरुकै करकापले राहदानी त्याग गरेको उहाँले बताउनुभयो । चौलागाई र पोखरेलले संयुक्त रुपमा छ रोपनी जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेका छन् ।
पूर्व झाँगाझोलीमा रु तीन हजार ५०० मा प्रतिवर्ष प्रतिरोपनी जग्गा भाडामा पाइन्छ ।
साला–भेना तरकारी फार्मका सञ्चालक दुवैले छ रोपनी जग्गामा वार्षिक खर्च कटाई रु तीन लाख आम्दानी गरेको बताएपछि आफू विदेश नजाने निर्णयमा पुगको श्रेष्ठले बताउनुभयो । “मेहनत गर्नसके यहीँ विदेश रहेछ” उहाँले भन्नुभयो । एकथरी युवा वैदेशिक रोजगारमा जान हानथाप गर्छन् । तर सिन्धुलीकै दुम्जाका नवराज भण्डारी, भीमेश्वरका केपी पोखरेल, दीपक थापा, वाशेश्वरका राजु थापा, बृहस्पति थापा र भुवनेश्वरीका कुशल चौलागाईं, दुर्गा थापालगायतका सयौंँ युवाले समेत केही न केही आम्दानीमूलक व्यवसाय थालेपछि विदेश जाने मोह त्यागेका छन् । भात खान दसैँ कुर्नुपर्ने, हरियो तरकारी खान सिस्नु घारी धाउनुपर्ने यहाँका जनतामा राजमार्ग विस्तारले आएको परिवर्तनले गरिखाने बाटो स्वदेशमै भएकाले विदेशमा काम गर्न जाने परिस्थिति टाढिँदै गएको हो ।
बीस वर्ष पहिले स्याल लुक्ने भिर, वनमारा, तीतेपाती, कालीमुन्टे र सिस्नो उम्रने पहिरो भिरपाखा राजमार्गमा विस्तार होला भन्ने सपना यस भेगका सर्वसाधारणले देखेका थिएनन् । तर बिपीले कल्पना गरेको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएपश्चात् यस भेगका हजारौंँ सर्वसाधारणको आर्थिक र सामाजिक जीवनमा क्रमशः परिवर्तन देखिन थालेको छ । स्व बिपी कोइरालाको थातथलो दुम्जा पनि यसै मार्गमा पर्दछ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिको परिणाम हो बिपी राजमार्ग । यो मार्ग सन् १९९६ मा उनकै भाइ गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा शिलान्यास भएको थियो । सन् २०११ मा सम्पन्न गरिसक्ने लक्ष्य लिएको यो मार्ग विभिन्न कारणले केही ढिला भए पनि जापान सरकारको हाज्मा कम्पनीको प्राविधिक समूहले निर्माण गरेको हो ।
पूर्वी तराई जोड्ने यो राजमार्गको कुल लम्बाइ १५८ किलोमिटर छ । काभ्रे सदरमुकाम धुलिखेलमा शिलान्यास गरी निर्माण प्रारम्भ गरिएको यो सडकको पहिलोखण्ड धुलिखेल–नेपालथोक सन् २००५ मा निर्माण भएको हो । निर्माण भएपछि यातायातका साधन सञ्चालनमा आए पनि त्यस भेगका सर्वसाधारणले यातायातका साधन पूजा गर्ने, सोही साधनलाई सुम्सुम्याउने र टुलुटुलु हेरेरमात्र आनन्द लिन सक्थे । आर्थिक अवस्था कमजोर भएकै कारण साधन चढ्न उनिहरुका लागि कठिन नै थियो भन्नुहुन्छ मङ्गल जनविजय उच्च माविका प्रधानाध्यापक वासु थापा । नेपाल सरकार, कृषि विकास मन्त्रालय तथा जापानी दाताले यस भेगका जनताको आर्थिक जीवनस्तरमा सुधार ल्याउन सेवाटेवा, विभिन्न तालिम तथा स्थानीयस्तरमा उपलब्ध हुने स्रोत र साधनको उपयोग एवम् व्यवस्थापन गर्न सिकाएअनुसार उनीहरुमा रोजगारमूलक कार्य गर्ने बानीको क्रमशः विकास हुन थालेको छ ।
पछिल्लो पटक सन् २०१३ को जनवरीबाट वातावरण, कृषि नीति तथा अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड), कृषि विकास कार्यालय सिन्धुली, केयर नेपालको संयुक्त साझेदारीमा उन्नति परियोजना लागू भएपछि यहाँका युवा ढुक्क भई कृषिमा लगानी र व्यावसायिक खेती गर्नतर्फ आकर्षित भएका छन्, भन्नुहुन्छ कृषि उद्यमी नवराज भण्डारी । बिपी राजमार्गको करिडोरमा पर्ने दुम्जा, झाँगाझोली र ग्वालटार क्षेत्रका जनतालाई केन्द्रविन्दुमा राखेर सिप्रेडले रोशी र कोसीको पानीलाई पाइपमार्फत बारीमा लैजाने गरेको छ । पोखरी निर्माण, सीप हस्तान्तरण, प्लास्टिक घर, लिफ्ट सिँचाइ आयोजना, गोठेमल सुधारलगायतको क्रियाकलाप सञ्चालन गरिदिएको छ ।
“यी कार्यले यस भेगका जनताको जीवनस्तरमा सुधार आएको छ” परियोजना प्रमुख हरिहर काफ्लेले भन्नुुभयो । परियोजनाबाट दुम्जाका १८९, झाँगाझोलीका २६७ र ग्वालटारका ३५७ घरधुरी अहिले व्यावसायिक तरकारीखेतीमा जुटेका छन् । उक्त भेगका कुल ८१३ परिवारले ६४१ मेट्रिक टन तरकारी सिन्धुली, रामेछाप, बनेपा र काठमाडाँैंको कालीमाटीमा बिक्री गरेको परियोजनाले जनाएको छ । परियोजनाले दुम्जा, झाँगाझोली र ग्वालटारमा तरकारी सङ्कलन केन्द्रसमेत निर्माण गरिदिएको छ । तीन वर्षीय उक्त परियोजनाको लागत रु तीन करोड ७१ लाख १९ हजार रहेको छ ।राजाराम कार्की, रासस