Header Ads

दरवार प्रवेशका लागि पारसलाई ज्ञानेन्द्रको कठोर शर्त

काठमाडौं । पूर्व युवराज पारस साह ४ वर्षमा स्वदेश फिर्ता भएको १ हप्ता भैसक्यो । तर उनले अहिले सम्म पनि घरमा प्रवेश पाएका छन् । आउना साथ निर्मल निवास जान चाहेक पारस साहलाई बाबु ज्ञानेन्द्रले प्रवेश दिएनन् । उनी शरणार्थी शैलीमा धुम्बाराहीस्थित कुण्डिनीमा बसिरहेका छन् । पारसलाई विमानस्थलमा समेत लिन नगएकी उनकी पत्नि हिमानी पारस आएको थाहै नपाएको जस्तो गरी भारत गइन् । छोरो काठमाडौं आएको १ साता वितिसक्यो तर छोरासँग भेटघाट केही पनि नगरेका पूर्वराजा ज्ञानेन्द्र साह पनि करिव १ महिने बसाइका लागि भारत जाने तयारीमा छन् ।

ज्योतिषको सल्लाह ?

काठमाडौं आएर पनि घरमा छिर्न नपाएका पारस साह मन्दिरहरुमा पुजा गर्दै हिँड्न थालेका छन् । दरवारका ज्योतिष र पुरोहितले पारसलाई घरमा प्रवेश गराउन अहिले उपयुक्त समय नभएको बताएपछि खराव ग्रह कटाउनका लागि पारस मन्दिरमा स्वस्ति शान्ति गराउँदै हिँडेको बताइन्छ । यसै पनि छोराको ब्यवहारबाट क्रुद्ध रहेका ज्ञानेन्द्रलाई पारसलाई तह लगाउने सहज उपाय ज्योतिषको सल्लाह बनेको टिप्पणी पनि कतिपयले गरेका छन् । पारसको उद्दण्ड छवि नसुधारी दरवार प्रवेश दिएमा उनका गतिविधी सुधार नहुने विश्लेषणमा रहेका ज्ञानेन्द्र छोरालाई भेट्दै नभेटी आगामी शुक्रबार भारततिर जाने तयारीमा छन् । उनले छोरालाई घरप्रवेश दिनका लागि कठोर शर्त राखेको दरवार निकट एक पूर्व सुरक्षा अधिकारीले नेपाली हेडलाइन्सलाई बताए ।

ज्ञानेन्द्रले पारसलाई राखेका शर्त

पूर्वराजाले आफ्नो विग्रिएको छोरोलाई छवि सुधार गर्न कम्तिमा १ महिनाको अवधि दिएका छन् । उनले पारसलाई मुख्यगरी ४ शर्त राखेको दरवारनिकट ती पूर्व सुरक्षा अधिकारीको भनाइ छ । ज्ञानेन्द्रले पारसलाईः

१. विगतका जस्ता कुनै पनि ब्यवहार नदोहोर्‍याउने
२. दुर्व्यसनी छोड्नु पर्ने
३. थाइ प्रेमिका छोडनु पर्ने र,
४. पत्नि र छोरा छोरीको हेरचाह गर्नु पर्ने

अर्को शर्तकोरुपमा सार्वजनिकरुपमा कम बोल्ने शर्त राखेको बताइएको छ । पारसको ब्यवहारमा सुधार आए आफू आएपछि ज्योतिषले तोकेको दिनमा पारसलाई गृहप्रवेश गराउने तयारी ज्ञानेन्द्रको छ । ज्ञानेन्द्रकै सल्लाहमा हिमानी पारसलाई नभेटी भारत गएको दरवार श्रोतले पुष्टी गरेको छ । हिमानीले पनि पारस नसुध्रिए सम्म उनीसँग सम्बन्ध पुनर्स्थापित हुन नसक्ने घुमाउरो शैलीमा शर्त राखेको समेत श्रोत बताउँछ ।
Powered by Blogger.