Header Ads

मेरो माया गीति संग्रह बजारमा

गोविन्द ढकाल, अबुधाबी । ०८ अप्रिल २०१५, आफ्नो जन्म भुमि छोडी यु ए इ लाई कर्म भुमि बनाएका नबोदित कलाकार सुन्दर परियार र नानु बि सि को पहिलो गीति संग्रह “मेरो माया” बजारमा आएको छ।

 आफुले भोगेका सुख दुख तथा आफुलाई माया गर्ने मायालु बाट टाढा हुदा को बेदनाहरु लाई समेटर बनाइएको यो गीति संग्रहमा लय सुन्दर परियारको रहेको छ भने शब्द तथा स्वर सुन्दर परियार र नानु बि सि को रहेको छ। दुबईको करामास्थित डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त एल्बमलाई मिनी म्युजिक भिजनले बजारमा ल्याएको हो ।

यो एउटा माया प्रेममा आधारित ब्येक्तिको कथा हो जो बाध्यता र बिबसताले गर्दा आफ्नो चोखो माया छुटेको र पछि बिसेष अबस्थामा भेट हुदा आफुले पहिले गरेको चोखो प्रेमको सम्झना लाई समेटेर तयार पारिएको र नेपाली मौलिकता, कला सस्कृति बोकेको गित भएको हुदा सम्पूर्ण नेपाली हरुले माया गरेर यो गित लाई सुनी दिनु हुन्छ भन्ने विश्वास गाएक तथा गायिकाको रहेको छ।

सानै उमेर देखि नै गीत संगीत मनपराउने गाएक स्यांजाका हुन् भने गायिका गोरखाकी हुन्। “मेरो माया” गित को म्युजिक भिडिओ चाडै नै तपाई हरुको बीच आउने गाएकको भनाइ छ।
Powered by Blogger.