Header Ads

कस्तो अचम्म : खसी मोटो पार्न संगिनी सुई !

काठमाडौं, चैत २४ । सुन्दै पनि अचम्म लाग्न सक्छ,परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा । बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने खसीलाई नै लगाइदिने गरेका छन् ।

 तीनमहिने संगिनी सुईले हर्मोनमा वृद्दि भई छिट्टै मोटो हुने भएपछि किसानहरुले यस्तो सुईको प्रयोग गर्न जालेको खुलासा भएको छ । ‘संगिनी सुई लगाएका महिलाहरु मोटो हुने गर्छन् । खसीलाई पनि सुई लगाएपछि हर्मोनमा वृद्दि भएर छिट्टै मोटो हुने भएकाले सुई लगाएको देखियो,’ जिल्ला कृषि विकास कार्यालयका एक कर्मचारीले भने ।

संगिनी सुई लगाएको खसी मोटो हुने र त्यसबाट राम्रो फाइदा हुने भएपछि किसानले यसको प्रयोग व्यापक रुपमा गर्न थालेका छन् । मेडिकलबाट सुई किनेर लगेर किसानले आफैंले सुई लगाउने गरेका छन् । संगिनी सुईले महिलालाई विभिन्न रोग लाग्ने गरेको छ । खसीबाख्रालाई आफूखुसी यस्तो सुई लगाउँदा यसको मासु खानेलाई समेत असर गर्ने डा. सागरकुमार राजभण्डारी बताउँछन् ।

‘मान्छेलाई लगाउने सुई खसीबाख्रालाई आफूखुसी लगाउँदा यसको मासु खानेलाई समेत असर गर्छ,फेरि मान्छेका लागि प्रयोग हुने सुई पशुलाई लगाउनु गैरकानुनी हो’ डा. राजभण्डारीले भने,‘यो सुई लगाएपछि खसीको हर्मोनमा वृद्दि हुन्छ र मोटो हुन्छ ।’

यस्तो सुई लगाएको खसी,बोकाको मासु खाँदा पुरुषको शुक्रकिट उत्पादन नहुने र महिलाको महिनावारी रोकिने र नियमित नहुने जस्ता समस्या आउने डा. राजभण्डारीले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।
Powered by Blogger.