Header Ads

कस्तो निर्दयी श्रीमान : आफ्नै श्रीमतीको घाँटी रेटी हत्या !

नवलपरासी, चैत २७ । नवलपरासीमा एक व्यक्तिले आफ्नै श्रीमतीको घाटी रेटि हत्या गरेका छन् ।

बिहिबार साझं साढे सात बजे जिल्लाको उत्तरी भेगमा पर्ने अर्खला–९ निवासी हमबहादुर विकले आफ्नै श्रीमती २१ वर्षकी रिता विकलाई खुर्पाले प्रहार गरि घाटी रेटी दुइ टुक्रा बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख नल प्रसाद उपाध्यायले जानकारी दिए ।

बुलिआङ ङगटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा ५ जनाको टोली र इलाका प्रहरी नवलपुरका प्रहरी निरीक्षक हरी बरुवालको कमाण्डमा ९ जनाको टोली अहिले घटना स्थलतर्फ गई घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सोम थापाले बताए ।

घटनास्थल कावासोतीबाट करीब ४ घण्टा उत्तर पहाडी क्षेत्रमा पर्दछ । घटना के कारणले भएको हो भन्ने बारे थप विवरण आउन बाकी रहेको नवलपरासी प्रहरीले जनाएको छ ।
Powered by Blogger.