Header Ads

क्रिकेटका प्रसिद्ध टिप्पणीकार बेनुको निधन

एजेन्सी, अस्ट्रेलिया । अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान तथा प्रसिद्ध क्रिकेट टिप्पणीकार रिची बेनुको ८४ बर्षको उमेरमा निधन भएको छ । छालाको क्यान्सरबाट पीडित बेनुको सिड्नीमा निधन भएको हो ।

 क्रिकेटको कुशल रणनीतिकार मानिने बेनुको कप्तानीमा भएका ७ खेलमध्ये अष्ट्रेलियाले ५ मा जित र २ मा बराबरी गरेको थियो । बेनुले सन् १९५२ मा वेष्टइन्डिज विरुद्ध सिड्नी क्रिकेट मैदानमा पहिलो खेल र सन् १९६४ मा साउथ अफ्रिका विरुद्ध अन्तिम खेल खेल्नु भएको थियो ।

 सन् १९५० को दशकमा उहाँले अष्ट्रेलियालाई तीनपटक एसेस प्रतियोगिताको उपाधि जिताउनु भएको थियो । सन् १९५२ देखि १९६४ कोबीचमा बेनुले अलराउन्डर खेलाडीको रुपमा ६० भन्दा धेरै टेष्ट म्याचहरु खेल्नु भएको थियो । बेनुले २ सय ५९ खेलमा ९ सय ४५ विकेट लिनु भएको थियो ।

उहाँ टेष्ट म्याचमा २ सय विकेट र २ हजार रन लिने पहिलो व्यक्ति बन्नु भएको थियो । क्रिकेटबाट सन्यास लिएर पत्रकारिता सुरु गर्नुभएका बेनुले गत नोभेम्बरमा आफू छालाको क्यान्सरबाट पीडित रहेको सार्बजनिक गर्नुभएको थियो ।
Powered by Blogger.