Header Ads

एउटी यस्ती आमा जस्ले आफ्नै भाइबहिनीलाई जन्म दिइन् : फोटोफिचरसहित

birth-her-daughter-and-son-by-surrogacy-
एजेन्सी । सम्बन्धको जटिलता महशुस गर्नुछ भने एलेन बाउनभन्दा उत्तम महिला अरु कोही हुन सक्दैन । बेलायत निवासी ४६ वर्षीया एलेन तीन सन्तानकी आमा हुन्।
उनी आफ्नी आमा जैनी र सौतेनी पिता टोनीका साथ रहन्छिन् । तर, सम्बन्धको कथा यही सकिँदैन । तीन बच्चामध्ये एलेन एउटा छोरीकी मात्र आधिकारिक आमा हुन्। बाँकी दुई जम्ल्यहा सन्तान एलेनकी आमा जैनी र सौतेनी पिता टोनीका अधिकारिक सन्तान हुन् ।
कथा अनुसार ऐलनकी आमाले आफ्नो वास्तविक पिता छोडेर अन्य पुरुषसँग विवाह गरेकी थिइन् । अब नयाँ पिता र आमाको इच्छा बच्चा जन्माउने थियो । तर बढी उमेर भएका कारण उनीहरु बच्चा जन्माउन सक्दैन थिए । ऐलनले आफ्नो आमाबाबुको इच्छा पूरा गर्नका लागि आइभीएफ प्रविधिको सहयोग लिइन् । ऐलनले आफ्नो अन्डाणुका साथ पिता टोनीको शुक्राणुलाई आफ्नो गर्भाशयमा फर्टिलाइज गराएकी थिइन् । त्यसबाट जम्ल्याहा सन्तान (छोरा एलेक्स र छोरी रुथ) जन्मिए । उनीहरु दुवै अहिले १२ वर्षका छन् । ऐलनले जन्म दिएकी मात्र हुन् तर जैनी र टोनीले अधिकारिक रुपमा पालनपोषण गरिरहेका छन्।
अब यो कुरामा ध्यान दिनुस् । ऐलनकी पहिलो छोरी १७ वर्षकी छन् । त्यसपछि ऐलनले १२ वर्षका रुथ र एलेक्सलाई जन्म दिइकी थिइन् । त्यसरी हेर्दा रुथ र एलेक्स ऐलनका छोराछोरी पनि हुन् । तर, शुक्राणु र कानुनी रुपमा उनले आफ्नै भाइ र बहिनीलाई जन्म दिएकी हुन् । रुथ र एलेक्सका जैविक पिता टोनी हुन् । तर, जन्मको आधारमा भने जैनी र टोनी रुथ र एलेक्सका हजुरबा हजुरआमा हुन् । त्यसैले ऐलनकी आमा जैनी र पिता टोनी जम्ल्याहा सन्तानका आधिकारिक आमाबाबु हुनुका साथै हजुरबा हजुरआमा पनि हुन् । त्यस्तै जन्म दिने ऐलन जम्ल्यहा बालबालिकाका आमा हुनुका साथै आधिकारिक सम्बन्धका आधारमा दिदी पनि हुन् ।birth-her-daughter-and-son-by-surrogacy-1 birth-her-daughter-and-son-by-surrogacy-2 birth-her-daughter-and-son-by-surrogacy-3 birth-her-daughter-and-son-by-surrogacy-4
गत महिना बेलायतमै ऐन–मैरी कैसनले आफ्नो समलैंगिक छोराको बच्चा जन्माए । उनीहरुले आइवीएम प्रविधिबाट आफ्नो गे छोराको स्पर्म लिएर अन्य कुनै महिलाको अन्डाणुका साथ गर्धाधान गराएका थिए । यो घटनापछि यसप्रकारको घटना परिवारका लागि अनैतिक हुने बहस पनि सुरु भएको छ।
यससम्बन्धी कानुनमा समीक्षा गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। तर, ऐलन भन्छिन्–यसमा कुनै पनि गलत छैन । यसबाट फरक पर्दैन कि तपाई धर्तीमा मानिसलाई के भनेर बोलाउनु हुन्छ ।-एजेन्सीको सहयोगमा 
Powered by Blogger.