Header Ads

अल शबावले शिक्षा मन्त्रालयका गरेको आक्रमणमा १७ मारिए

सोमालिया, बैशाख २ । सोमालियाको राजधानी मोगादिशुस्थित उच्च शिक्षा मन्त्रालयमा अल शबाब चरमपन्थी संगठनले गरेको आक्रमणमा १७ जना मारिएका छन् ।

यो राजधानी मोगादिशुको सबैभन्दा भिडभाडयुक्त क्षेत्र हो । मारिनेमा शिक्षा मन्त्रालयका महासचिव, सुरक्षा निर्देशक र कयौ सरकारी अधिकारी रहेको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार आत्मघाती आक्रमणकारीले विष्फोटले भरिएको एउटा कार मन्त्रालयको भित्तामा ठोक्काएर आक्रमणकारी भवनभित्र छिरेका थिए ।

घटनाको अल शबाबले जिम्मेवारी लिएको छ। यता सरकारी अधिकारीहरुले अहिले मन्त्रालय परिसर सुरक्षित रहेको दावी गरेको छ। तर, घटनास्थलमा गोली चलेको आवाज र एम्बुलेन्सको साइरन बज्न जारी रहेको बीबीसीले जनाएको छ। कतिपय घाइतेको उद्धार गरिएको छ।

मन्त्रालय परिसर नजिकै सडकमा सार्वजनिक यातायातमा रहेका यात्रु आफू सवार साधन छाडेर भागेका छन् । अल कायदासँग सम्बन्धित अल शबाब विद्रोहीले यसअघि पनि सुरक्षित मानिएका भवनहरुमा आक्रमण गर्न कार बम प्रयोग गरेका थिए ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.