Header Ads

आजदेखि २०७२ सालको देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौ, बैशाख २ । शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०७२ का लागि आजदेखि देशव्यापीरूपमा विद्यालय भर्ना अभियान कार्यक्रम सुरु गरेको छ । ‘हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं’ भन्ने नारासहित भर्ना अभियान सुरु गरेको हो ।

विद्यालयमा हुने हिंसा, विभेद र यौन दुर्व्यवहार हुने गरेकाले यो प्रवृृत्तिलाई निरुत्साहित गर्न यस्तो नारा तय गरिएको विभागले जनाएको छ । अभियानमा ५ देखि ९ वर्ष उमेरका तर विद्यालय जान छुटेका सबै बालबालिकालाई समेट्ने शिक्षा विभागले जनाएको छ ।

विभागका अनुसार अहिलेसम्म ९६ दशमलव २ प्रतिशत विद्यार्थी भर्ना भएको तथ्यांक छ । अघिल्लो वर्षको अभियानबाट ३ दशमलव ८ अर्थात एकलाख ३३ हजार बालबालिका छुटेको भन्दै विभागले यसवर्ष सतप्रतिशतलाई विद्यालय पुराउने लक्ष्य लिएको छ ।

विभागका महानिर्देशक डा डिल्ली रिमालका अनुसार भर्ना अभियान सफल पार्न सतप्रतिशत भर्ना गराउने स्थानीयस्तरका स्रोत केन्द्र, इलाका, नगरपालिका तथा गाविसलाई सम्मान गर्ने गरी विभागले कार्यक्रम संचालन गर्न लागेको छ ।

 चालु शैक्षिक वर्षको अन्त्य (सन् २०१५ सम्म) विद्यालय बाहिर रहेका बालबालिकाको संख्या शुन्य बनाउने लक्ष्य भएकाले भर्ना अभियानलाई जोड दिएको पनि रिमालले बताउनुभयो ।
Powered by Blogger.