Header Ads

मिति: वि.सं.२०७२ साल बैशाख १ गते । मंगलबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

Happy New Year 2072 to all Visitors 
आज मिति 2015-04-14 तारिख, २०७२ साल वैशाख कृष्णपक्ष दशमी तिथि, बैशाख १ गते मंगलवार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
विभिन्न अवसरले पछ्याउनेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मध्याह्नपछि आम्दानी बढे पनि खर्चको मात्रा बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। मध्याह्नपछि कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
काममा केही चुनौती देखिए पनि पूर्वाह्नकालको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउनेछन्। नसोचेको फाइदा उठाउन सकिनेछ। मध्याह्नपछि प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
दाम्पत्य जीवन आनन्दमय बन्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। मध्याह्नपछि व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि विवाद र केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ला। आम्दानीको अनुपातमा खर्च बढी गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। मध्याह्नपछि काममा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि विवाद र केही समस्या आउलान्। तापनि, गरी आएका काममा फाइदै हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसएला। योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि निराश नहुनुहोस्, मध्याह्नपछि स्थितिमा सुधार आउला। प्रतिष्ठित काम सुरु गर्ने मौका छ। प्रतिस्पर्धा गरेरै अधिकार स्थापित गर्न सकिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला। मध्याह्नपछि अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ काम सुरु गर्ने मौका छ। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय आएको छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। मध्याह्नपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। परिवारजनमा असमझदारी बढ्ने, झमेलामा परिने र काम रोकिने सम्भावना छ, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। व्यावसायिक काममा अवरोध आउने देखिन्छ। खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ। बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, सचेत रहनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउला। साथीभाइको सहयोग र विगतको श्रमबाट भने राम्रै लाभ होला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
विभिन्न अवसरले पछ्याउनेछन्। काममा प्रतिष्ठा मिल्नेछ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। पठनपाठनमा प्रगति हुनेछ। विलासितामा खर्च बढ्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। टाढाको यात्रा सम्भावना छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। तर, काममा केही चुनौती आइलाग्लान्। मध्याह्नपछि विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद पनि मिल्नेछ। मन पर्ने वस्तु उपहार पाइएला। स्वादिष्ट भोजनमा रमाउने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मध्याह्नपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.