Header Ads

ज्योती मगरलाई सेक्सी भनी आलोचना गर्नेहरुलाई ज्योती मगरको जवाफ यस्तो छ

काठमाडौं । म विशेष धन्यबाद दिन चाहान्छु अनलाईन खवर लाई समाचार को लागी,रह्यो कुरा आलोचना को आलोचना त नोवेल पुरस्कार पाउने साहित्यकार र ओस्कार अवार्ड पाउने कलाकार को पनि गर्नुहुन्छ श्रोताहरु ले राजनिती मा महान ठहरीएका गिरीजा प्रसाद कोईराला को पनि आलोचना गरिन्थ्यो पुत्ला जलाइन्थ्यो,विश्व प्रसिद्ध उपन्यास ‘पारिजात’की साहित्यकार (विष्णु कुमारी वाइवा) पारिजात लाइ पनि विभिन्न लान्छना लगाइन्थ्यो ।

मलाइ मेरा दर्शक को आलोचना ले कतई निराश बनाउदैन किन की साँगीतीक क्षेत्र मा माईकल ज्याक्सन देखी नारायण गोपाल सम्म,म्याडोना देखी कोमल वली सम्म को कतै न कतै कसै न कसै ले कुनै न कुनै रुप मा आलोचना त गरेकै छ ।

त्यसै ले म जहीलेपनि मेरा दर्शक श्रोता जस्ले यूट्यूब मा मेरो भिडियो (उही मुला को चाना १७लाख ३३हजार माथी, खिच्देउ एउटा फ़ोटो ८ लाख माथी र पिरती मा दम छ ५लाख५०हजार माथी) र अन्य भिडीयो जुन तल को लींक अनलाइन ख़बर को समाचार भित्र भनीए अनुसार हेरिदीनु भयो ।

उहाँ हरु को आलोचना को सम्मान गर्छु,मलाई र मेरा प्रस्तुती हरु लाई माया गरेर नै खोजी खोजी हेर्दिनुभएको छ युट्युव मा र मलाई यसरी नै साथ दिईरहनु हुनेछ भन्ने अपेक्षा गर्दछु,समाचार हरु सबै सत्य हुदैनन तर कलाकारीता मा म जे गर्छु त्यो मेरो स्वविवेकले गर्छु आलोचना या गाली को कारण ले होईन किनकी आलोचना हरु ले मलाई निराश या उत्तेजीत होईन बरु संयमीत बनाएका छन प्रेरणा र उर्जा थपेका छन ।
Powered by Blogger.