Header Ads

फोनिज ताप्लेजुङ र दोलखा शाखाको जिल्ला भेला सम्पन्न

काठमाडौं । फोनिज दोलखा शाखाको जिल्ला भेला सम्पन्न भएको छ । शाखाको भेला फोनिज महासचिव गजुरधन राईको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै महासचिव राईले समावेशी संचार नीति र जातीय पहिचान सहितको संघीय संविधानका लागि फोनिजका सदस्यहरु एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।

 भेलामा फोनिज कोषाध्यक्ष टेकराज थामी, केन्द्रीय सदस्यहरु जीवन लामा तथा शेरबहादुर भूजेलले शुभकामना मन्तब्य राखेका थिए । भेला फोनिज दोलखाका अध्यक्ष शुभाष योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो । भेलाले शाखाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

यसैगरी ताप्लेजुङ शाखाले पनि जिल्ला भेला सम्पन्न गरेको छ । ताप्लेजुङ शाखाले संस्थागत हकअधिकारका लागि विभिन्न निर्णय गर्दै जिल्ला भेला सदरमुकाम फुङ्लिङमा सम्पन्न गरेको हो । फोनिजकी केन्द्रीय सदस्य माला पालुङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समावेशी सञ्चार नीतिका लागि सबै सदस्यहरु एक हुनुपर्नेमा जोड दिइन् ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पालुङ्वाले आदिवासी जनजातिहरुको मुद्दा पहिचानसहितको संघीय संविधान र पूर्ण समावेशी सञ्चार भएकाले यसका लागि फोनिज सदस्यहरु एकजुट हुन आवश्यक रहेको बताइन् । यस्तै भेलामा आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

फोनिज शाखा ताप्लेजुङका अध्यक्ष चन्द्र पन्दाक (प्रयास)को अध्यक्षतामा सम्पन्न भेलामा सहसचिव ङिमा शेर्पा र सदस्य बुद्धराज पालुङ्वाले क्रमशः सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । फोनिज शाखाको जिल्ला भेला हुने क्रम अझै जारी छ ।-न्युज अभियान बाट 
Powered by Blogger.