दुई साता अघि स्वदेश फर्किएका पूर्व युवराज पारस अस्वस्थ
काठमाडौ, वैशाख २ । लामो समय थाइल्याण्ड बसेर दुई साता अघि स्वदेश फर्किएका पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । तीन दिन लगातार थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अहिले पारस धापासीको कुण्डलिनी क्लवमा आराम गरिरहेका श्रोतले जनाएको छ ।
यस विषयमा पूर्व राजपरिवारले केही सार्वजनिक भने गरेको छैन । थाइल्याण्डमा रहँदा हृदयघातबाट गम्भीर बिरामी परेका पारस अझै पूर्ण निको भएका छैनन् भने बैंकक रहँदा लागूऔषधको कारोबार गरेको आरोपमा पटक पटक जेल बस्नु परेकाले पनि स्वास्थ्यमा खराबी आएको हुन सक्ने अनुमान गरिएको छ ।

चार वर्ष थाइल्याण्ड बसेर गएको चैत १९ गते पारस स्वदेश फर्के लगत्तै पारस पत्नि पूर्व युवराज्ञी हिमानी शाह भारतको भ्रमणमा गएकी छिन भने उनका पिता ज्ञानेन्द्र शाह र माता कोमल शाह पनि भारत भ्रमणमा रहेका छन् । उनीहरु पारसलाई नभेटी भारत गएका हुन् ।
यद्यपी छोराछोरीले भने पारसलाई भेटेका छन् । मंगलबार मात्रै पारसले आफ्ना छोराछोरीलाई बुढानिलकण्ठ घुमाउन लगेको थिए ।
परिवारले स्वीकृति नदिँदा निर्मल निवास जान नपाएका भनिएका पारस थाइल्याण्डबाट आएदेखि नै कुण्डलिनी क्वलमै बस्दै आएका छन् । नेपाल आएको केही दिन पछि नै उनले राजधानीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुको दर्शन गरेका थिए ।