Header Ads

आन्दोलनकारीमाथि प्रहरीले मट्टीतेल खन्यायो !

भोजपुर, चैत २४ । तीनदिने आमहडतालको पूर्वसन्ध्यामा हिजो बेलुकी भोजपुरमा ३० दलीय गठबन्धनका कार्यकर्ताले निकालेको मसाल जुलुस र प्रहरीबीच झडप हुँदा १७ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरी हस्तक्षेपबाट संघीय समाजवादी पार्टीकी प्रतिमा राई, एमाओवादीका वाजेन्द्र राई र खुम्बुवानका अशोक राई तथा श्याम राईलगायत आन्दोलनकारी घाइते भएका हुन् ।

प्रहरीले प्रतिमा राईलाई मट्टीतेल खन्याएर आगो लगाएको एमाओवादी नेता हिमाल किरातीले बताए ।

आक्रमणमा चार कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

टाउकोमा गम्भीर चोट लागेकालाई उनीहरुलाई तत्काल सिटी स्क्यान गरी उपचार गर्नुपर्ने देखिएपछि काठमाडौं लगिएको छ ।
Powered by Blogger.