Header Ads

कतारमा मृत्यु दण्ड सुनाएका कुशल भन्छन - मैले बिदेशमा आएर आफ्नो मृत्यु पर्खिरहेको छु

कुवेत । कतारको सर्वोच्च अदालतले पनी स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको फैसला सुनाएको छ बिगतमा गरेको पुनरावेदन र तल्लो अदालतको फैसलालाई सदर गर्दै दोषी कुशललाई मृत्युदण्डको फैसला गरेको हो ।

२०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो । नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो तर पनी नेपाल सरकारबाट कुनै किसिमको पहल भएको देखिदैन पीडक र पीडित दुवै नेपाली हुन् दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, काठमाण्डू स्थित परदेशी खबर संबाददाता सुदिप बर्देवा सग कुरा गर्दै उनले भने परिवार सग र 'सम्बन्धित निकायसग माफी माग्छु एक पटक सुध्रने मौका दिनु होला अब यस्तो कार्य जिबनमा गर्न त के सोच्न पनी सक्दिन मेलमिलापको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु | 
उता अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् उनले आफ्नो परिवार र सहपाठी मार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । उनको अनुसार मोहम्मद इर्शाद अन्सारी कम्पनीका सुपर भाइजर थिए मासिक तलब लिन बांकी थियो मैले पैसा माग्दा उनले एक्कासी गाली गलौज गरे पछि काम दिनु भन्दा पनी काम दिएनन् र छलफल गर्न जादा कुरा लम्बियो एक आपसमाँ झगडा भयो उपचारका क्रममा उनको मृत्यु भयो 'मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ,' उनले भने, 'पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।' र नेपालको कानुनमा फासिको सजाय छैन मैले बिदेशमा आएर आफ्नो मृत्यु पर्खिरहेको छु यसमा सरकारको तर्फबाट पहल गर्न पनि अनुरोध गर्दछु | 

सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ ब्लडमनिबापत दुई लाख रियाल -५२ लाख रुपैयाँ) दिइने नियम छ । कतार गएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए |-परदेशी खबर
(सुन्नुहोस अडियो)
Powered by Blogger.