Header Ads

आन्दोलनका घाइतेलाई प्रचण्डले टिचिङमा भेटेर यसो भने

काठमाडौं, चैत २५ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले सोमबार बेलुकी भोजपुरमा निकालेको मसाल जुलुसमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा घाइते कार्यकर्तालाई भेट्न प्रचण्ड टिचिङ अस्पताल पुगेका छन् ।
प्रहरी हस्तक्षेपबाट घाइते भएका एमाओवादी बाजेन्द्र राई र खुम्बुवानका अशोक राई तथा श्याम राईलाई भेट्न प्रचण्ड टिचिङ अस्पताल पुगेका हुन् ।

घाइते कार्यकर्तालाई भेटेर सोधपुछ गरेका प्रचण्ड यसबारे कुनै सार्वजनिक अभिव्यक्ति भने दिएनन् ।

त्यस्तै, सोमबार भोजपुरमै भएको जुलुसमा प्रहरीले मट्टीतेल खन्याएर आगो लगाएकी संघीय समाजवादी पार्टीकी प्रतिमा राईको कीर्तिपुरस्थित एक अस्पतलामा उपचार भइरहेको छ ।
Powered by Blogger.