“सफलताको शिखर चुम्नु छ भने केहि त्याग गर्न सक्नुपर्छ” - यो एक डा. साब को भनाइ हो - एक टिप्पणी
अविश अधिकारी । “परिबर्तन” शब्द आफैमा एक पूर्ण छैन यसको परिभाषा विभिन्न तरिकाले दिन्छौ नै परिबर्तन सहज छैन निकै गाह्रो शब्द हो तर उच्चारण गर्न भने सहज छ जति समाज परिबर्तनको नारा लगाउछौ त्यति हामीले परिबर्तन शब्द को खिल्ली उडाईरहेका हुन्छौ परिबर्तन गर्नु नै छ भने आफै बाट सकारात्मक परिबर्तनको सुरुवात गर्न जरुरि छ ।
मैले सामाजिक संजालमा धेरै सामाजिक अभियन्ता लाइ पनि भेट्ने अवसर पाय, धेरै पृथक शब्द ले आफ्नो फेसबुक र ट्युटर वाल भरियको देख्छु अनि रोचक लाग्छ उनीहरुलाई भेट्छु भेट्दा जुन किसिमले बुट्टा भरियको हुन्छ संजाल मा त्यो देख्दिन अनि दुख त लाग्छ नै जोस जागर पनि हरायर जान्छ मैले बुझाउन खोजेको यति मात्र हो कि जति काम त्यति फूलबुट्टा भर्दिदा राम्रो हुने थियो ।
एक दिनको कुरा हो म काठमाडौँ झर्य अनि सिद्दै घर गय कम्पुटर खोलेको मात्र के थिय मेरो वाल मा अनाथ तथा बेसाहारा नानीहरुको संरक्षण केन्द्र साहाराको घरको लेख आयो सबै पढ्य फेसबुक वाल तलसम्म हेरे अनि यसको अध्यक्ष को हो भनेर जान्न मन लग्यो अनि बुझे पनि धेरै मनमा उल्झियका प्रश्न को उत्तर मागे सहज तरिकाले पाय पनि मेरो मन मानेन म उत्त संरक्षण गृहमा नै भोलीपल्ट पुग्य
करिब बिहानको ९ बजेको थियो ।
नानीहरु बिद्यालय जाने समय भयकोले बाहिर लाइनबढ्द थिय १२ जना नै एकनाशका थिय ममी ममी भनेको आवाज एकनास ले गुञ्जियको थियो यता उता हेर्य कोइ ममी देखिन केहि पलमै छोरीहरु हल्ला नगर भन्ने आवाज सुन्य फर्केर हेर्य त्यो आवाज त कुसुम (साहाराको घरकी आमा) को रहेछ अनि म स्तब्द भय एकछिन भब विह्वल भय बर्र अशु पनि झर्यो १२ जनाको ममी त कुसुम पो रहिछन कति प्यारो ममी, ममी भनेपछि हुरुक्क हुने १२ जना नै फुरुक फुरुक अहा त्यो स्न्याहा साच्चिकै भुल्न कठिन थियो ति अबोश बालबालिका बिल्कुल निर्दोष छन् आफ्नो जन्म दिने आमाको माया सच्चि कुसुम (साहाराको घरकी आमा) बाट पायको देख्दा एक मन हर्सिद थियो अर्को मन दुखि थियो किन कि उनीहरुको बुवा आमा को होला भन्ने कौतुहलता ले सतायो १२ जना अबोध र निर्दोष बालिकाको आमा को प्याश (साहाराको घरकी आमा) कुसुम ले मेटाई रहेकी छन्
।
निस्वार्थ समाज सेवा गर्न निकै कठिन छ त्यसमा पनि १२ जनाको आमा बन्न झनै कठिन हुन्छ नै न दिन म भोक छ न रातमा निन्द्रा बिहान खुवायो बेलुका कहाँ बाट ल्याऊ र नानीहरुको भोक मेटाउ भन्ने चिन्ताले ग्रसित त्यो अनुहार देख्दा मन नै चंगा सरि उड्छ नै त्यसमा पनि अझ कलिलो उमेर २१ वर्ष मै यस्तो कार्य झनै कठिन त हुन्छ झन् अभाब माथि अभाब समस्या माथि समस्या हुदा मन बरालिने त भयो नै दिगो आम्दानीको स्रोत नै छैन ।
तर पनि कुनै दयालु मन हुदो रहेछन आफुले सकेको रकम सहयोग बाट नै चलिरहेको छ भन्दा झनै पिडा बोध भयो नै एकछिन ध्यान मग्न भयर सोच्य दिगो स्रोत छैन ऐले त १४ जना नानीहरु छन् तर पनि जुन तुन आफुले एक छाक खयर भयपनी नानीहरु लाइ हुर्कयकी छु भन्दा कसको पो मन नछोलार? हामीलाई एक सन्तान हुर्काउन त कति हम्मे हम्मे पर्छ यहाँ त १४ जना छोरी छन् गाह्रो त हुने नै भयो ऐले साहाराको घर ले दिगो आर्थिक स्रोत खोजिरहेको छ १४ जना नानीहरुको उज्जोल भबिस्यको निर्माण को खोजीमा रहेको देख्दा एक मन आनन्दको अनुभूति भयो अर्को मन दिगो आम्दानी को स्रोत नहुदा चिन्ता पनि थपियो आशा छ साहराकी घरकी आमा (कुसुम) ले ति १४ जना नानीहरुको संरक्षण को लागि दिगो आम्दानीको स्रोत भेटायर ति अबोश र अशाहाय अनि निर्दोष बालबालिकाको
घाउको मलम लगाउन सफल होस् ।
हाम्रो समाज स्वार्थी छ बैसालु उमेर देखेपछि कु दृस्टी लगाउनु सोभाबिक नै हो झन् पढेर नाम को मात्र डा. भयका जस्ता बेक्ती को हेर्ने दृष्टिकोण अझ फरक हुदो रहेछ “”सफलताको शिखर चुम्नु छ भने केहि त्याग गर्न सक्नुपर्छ” यो एक डा. साब को भनाइ हो, वहाको भनाइ हो केहि लिनु छ भने अस्मिता त्याग्न सक्नु पर्छ रे कति लाचार सोच अनि कति घ्रिनिक विचार कुसुम भन्छिन म निस्वार्थ समाज सेवामा तल्निन छु तर महिला माथि यस्तो तितो शब्द सुन्नु पर्दा सारै दुख लाग्छ यस्ता नराम्रा सोच अनि पर्ब्रिती भयका व्यक्ति आउछन नै चिन्न सक्नु पर्छ ।
मानब सेवा नै सबैभन्दा ठुलो धर्म हो यो मेरो बुझाई हो सेवा गरे भगवान ले देख्छन यो पनि यथार्थ हो जीवनका हरेक मोडहरु परिस्थिती अनुसार चल्न सक्नु पर्छ मानब मा ”दया” भन्ने शब्द पलाउनु पर्छ केवल स्वार्थ को लागि हैन कुसुम सग निकै बेर यस्तै कुराहरु सग भलाकुसारी गर्ने अवसर प्राप्त भयो २१ बर्से उमेर आफै कसरि पालिउ भन्ने उमेर मा १४ जना छोरी संरक्षण गरि आफ्नो सन्तान सरि राख्दा एक मन निकै दया को भाब पलायो आहा त्यो सुन्दर बगैचा को फूलहरु फुलेको देख्दा सारै हर्सिद भयौ बेसाहारा नानीहरु ले साहारा पायको देख्दा आनन्दको अनुभूति पनि भयो उनका सामाजिक सदभाव युक्त भावनामा डुब्न पाउदा अति हर्सित एवं आनन्दको अनुभुति पक्कै पायौ !

समाजमा कोही यस्ता ब्यक्ति कमै हुन्छन किन की निश्चित आम्दानीको स़ोत नै छैन सहयोगि हरुको भरमा १२ जना छोरीको संरक्षणमै दिन हरू बितिरहेको छन यस्तै चेलीहरू मध्य एक हुन कुसुम तिवारी (साहाराको घरको आमा) समाज परिबर्तित छैन अझै पनि महिला लाइ हेर्ने दृष्टिकोण किन परिबर्तन हुन सकेको छैन ? त्यो पापी मन अनि स्वार्थी पन किन हटेको छैन अझै ? कति महिला ले आफ्नो पिडा मन मै गुम्सियर राख्नु परेको छ नारी लाइ नारी हैन पुरुष सरह सम्मान गर्न सिकौ नारीलाई तिरस्कार हैन माया गर्न सिकौ यो नै सबैको कल्याण हुनेछ ।
