Header Ads

आजको बन्दमा कति जना पक्राउ परे, र कति सवारी साधनमा क्षति पुग्यो ? जान्नुहोस

काठमाडौ, चैत २४ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको आमहड्तालको पहिलो दिन मुलुकभरको जनजीवन प्रभावित बन्यो । साँझ ५ बजेपछि राजधानीको सडकमा सवारी साधन कुद्न थालेको छ । मोर्चाले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्दको समय तोकेको थियो । बिजुलीबजारमा भेलापछि मोर्चाका कार्यकर्ताहरु सडकबाट हटेपछि यातायात सहज भएको हो ।

एमाओवादीका सचिव वर्षमान पुन, संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले कोणसभालाई सम्बोधन गरेपछि आजको बन्द सकिएको घोषणा गरियो । बन्दकर्ता बन्दलाई अवज्ञा गरेको भन्दै देशभरमा दर्जनौं सवारी साधनमा तोडफोडरआगजनी गरेका छन् । जनकपुर, भद्रपुर लगायतका स्थानमा सरकारी कार्यालयमा पनि तोडफोडको प्रयास गरियो । काठमाडौंको बिजुली बजारमा प्रदर्शनकारी र प्रहरीबीच अपरान्ह झडप भएको थियो । खोटाङ, ताप्लेजुङ लगायत कतिपय स्थानमा बन्दको प्रतिकार समेत गरिएको छ ।

४६ पक्राउ, ११ सवारी साधनमा क्षति
३० दलीय मोर्चाले आह्वान गरेको आमहड्तालको पहिलो दिन जर्वजस्ती यातायत बन्द गराउन खोजेका ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसमध्ये उपत्यका भित्रैबाट २१ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कमलसिंह बमले बताए । प्रहरीका अनुसार ११ वटा सवारी साधनमा बन्दकर्ताले क्षति पुर्याएका छन् । काठमाडौंको बिजुली बजारमा प्रदर्शनकारीले पछिल्लो समय थप एउटा मोटरसाईकलमा आगजनी गरेको छ ।

 बा.३२प. ५५६६ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको जनाइएको छ । यसअघि बिहानै एउटा ट्याक्सीमा आगजनी गरिएको थियो । प्रहरी र प्रदर्शनकारीबीच अपरान्ह बिजली बजार क्षेत्रमा झडप पनि भएको थियो । त्यहाँ प्रहरीले लाठी चार्जसँगै अश्रृ ग्यास प्रहार गरेको थियो । बिजुलीबजारमा रहेका ईकान्तिपुरकर्मी निमेषजंग राईका अनुसार पछिल्लो समय त्यहाँको स्थिति समान्य रहेको छ ।

सडक ढाकेर बसेका बन्दकर्ताहरु गित र नृत्य गरेर रमाईरहेका छन् । ठूलोसंख्यामा सुरक्षाकर्मी परिचालित छ । डिआईजी बमका अनुसार सुर्खेतमापनि एउटा मोटरसाईकलमा आगजनी गरिएको छ । त्यस बाहेक मुलुकभर गरी ८ वटा सवारी साधनमा तोडफोड गरिएको उनले जनाए । बिजुलीबजार बाहेक अन्यत्र कतै झडप नभएको प्रहरीले जनाएको छ ।
Powered by Blogger.