परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भाग लिन आज जाकार्ता जाँदै
काठमाडौ, बैशाख ५ । परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे एसियाली तथा अफ्रिकी मुलुकका मन्त्रीहरुको बैठकमा भाग लिन आज इन्डोनेसियाको जाकार्ता जाँदै हुनुहुन्छ ।
आगामी बुधबार बस्ने मन्त्रीस्तरीय बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो । त्यहाँ रहँदा मन्त्री पाण्डेले विभिन्न देशका आफ्ना समकक्षीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
एसियाली–अफ्रिकी सम्मेलनको ६०औं वार्षिकोत्सव तथा एसियाली–अफ्रिकी रणनीतिक सहकार्य विषयक सम्मेलन आगामी शुक्रबार शुरु हुँदैछ ।
सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री सुशिल कोइराला पनि त्यसतर्फ जाने कार्यक्रम तय भइसकेको छ ।