Header Ads

काठमाडौंमै भित्रियो स्वाइन फ्लु ! वैदेशिक रोजगार व्यवसायी बटाजुको निधन

काठमाडौं, वैशाख ७ । जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लुले काठमाडौंमा पनि विरामीको मृत्यु हुन थालेको छ । स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको निधन भएको छ ।

 स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि नै ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । धापासीस्थित चर्चित एसओएस म्यानपावरका सञ्चालकसमेत रहेका बटाजुको अाइतबार राति १ बजेर २० मिनेट जाँदा निधन भएकाे ग्राण्डी अस्पताल स्राेतले अनलाइन खबरलार्इ बतायाे ।

बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइफ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले बतायो । स्रोतका अनुसार बटाजुका निजी सहयोगीलाई पनि स्वाइफ्लु संक्रमण भएको छ ।

जाजरकोटबासीहरु स्वाइनफ्लुको संक्रमणमा छटपटाइरहेका बेला अब प्रशस्तै अस्पताल र डाक्टरहरु रहेको राजधानीमै यसको जोखिम बढेको छ ।
Powered by Blogger.