Header Ads

मिति: वि.सं.२०७२ साल बैशाख ७ गते । सोमबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-04-20 तारिख, २०७२ साल वैशाख शुल्कपक्ष द्वितीया तिथि, बैशाख ७ गते सोमवार अनुसार तपाईंको राशी यस प्रकार छ !
  • मेष (चू चे चो ला ली लु ले लो अ)

    नयाँ कामको थालनी हुनेछ साथै आम्दानीका नयाँ बाटाहरु पत्ता लाग्लान् । जग्गा–जमिन तथा गाडी–वाहन जोडिने छ । मनमा केही गर्ने उत्साह र जाँगर प्राप्त हुनेछ । थोरै भएपनि सामाजिक काममा लागिने छ । गरेको कामबाट उच्च प्रतिफल हात लाग्ने छ ।
  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    मान प्रतिष्ठामा आँच आउला । स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ला । हातबाट गुमेको धन पुनः नआउने देखिएको छ । आरोप र प्रत्यारोपको शृंखला अरु बढ्ने छ । भूमि सम्बन्धी कारोवारबाट घाटा हुनेछ । नकारात्मक सोचले चिन्ता मात्र दिनेछ ।
  • मिथुन (का कि कु घ ङ छ के को हा)

    आर्थिक पक्ष मजबुत होला । दार्शनिक सोचको कारण समाजमा स्थापित हुन गाह्रो पर्ने छैन । आर्थिक व्यय भार बढ्ने छ । अनावश्यक झमेलामा फसिने भय रहेको छ । समय सान्दर्भिक चल्न नसक्दा आएको प्रतिफल गुम्न सक्ने देखिएको छ ।
  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    लक्ष्य प्राप्तिको उपयुक्त समय रहेको छ । आफूलाई धैर्यवान बनाइ गरेको काम पुरा हुनेछ । गुप्त शत्रु बढ्नाले निद्रा कम लाग्ने छ । साहित्य तथा कला क्षेत्रमा लागे सफलता निकट रहेको छ । विवादमा परिने खतरा रहेको छ, टाढै रहनु होला । बैवाहिक सम्बन्ध प्रगाढ रहने छ ।
  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    अध्ययन–अध्यापनमा रुची हुनेछ । विवादित कुराको छिनोफानो होला । तपार्इको सानो प्रयासबाट ठूलो प्रतिफल आउने छ । प्राकृतिक रुपमा गरिने कामबाट लाभ हुनेछ । साझेदारी काममा विवाद र दाम्पत्य जीवनमा असमझदारी आउला ।
  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    अधुरा काम बन्लान् साथै पछि प्रतिफल पाइने नयाँ कामको थालनी हुनेछ । मित्रप्रति वैरभाव बन्न सक्ने छ । स्वास्थ्य सम्बन्धी जटिलता नआउलान् भन्न सकिन्न । बोलीको कारण आलोचित हुनुपर्ला । सामाजिक कार्यप्रति नैराश्यता जाग्नेछ ।
  • तुला (र री रु रे रो ता ती तू ते)

    सोचेका कामहरु अधुरै रहने र नशा सम्बन्धी रोगले सताउने छ । सानो कुराको विवादले ठुलो रुप लिनेछ । व्यर्थको मेहनत गर्नु पर्नेछ । पारिवारिक सम्बन्ध त्यति उच्च हुने छैन । गुमेको धन प्राप्त गर्न सकिने छ । ख्याल ख्यालमै कार्य सिद्ध होला ।
  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    कमजोर स्वास्थ्य र प्रतिकूल मौसमका कारण सोचेको काम अधुरै रहला । सामाजिक कार्यमा लगाव भएपनि प्रतिफल शुन्य आउला । अनावश्यक विवादमा फसिने डर छ । खेलकुद तथा साहसिक काममा भने सफलता योग रहेको छ ।
  • धनु (य यो भा भी भू ध फा ढ भे)

    सामाजिक र धार्मिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । आर्थिक गतिविधिबाट सन्तुस्टी मिल्ने छ । समय आफू अनुकूल रहेकोले आज गरेको काम दीर्घकालिन फल दिनेवाला रहेको छ । आयआर्जनका स्रोत बढ्लान् । समय सापेक्ष चल्ने प्रेरणा पाइने छ ।
  • मकर (जो जा जी खी खू खे खो गा गी)

    ब्यापारमा उतार चढाव आउने छ । मानसिक चिन्ताले सताउला । बन्न लागेको काम गुप्त शत्रुका कारण बिग्रने छ । तर दिनको उत्तरार्धमा भने शैक्षिक कार्य र सामाजिक कार्यमा उच्च प्रतिफल आउने छ । यात्रा आदिमा तपार्इको मान बढ्ने छ ।
  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाइने छ । घरमा नयाँ कार्यको शुभारम्भ हुनेछ । थाहै नपार्इ कार्य सिद्ध हुने देखिएको छ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । पछि प्रतिफल आउने नयाँ तर माङ्गलिक कार्य सम्पन्न हुनेछ ।
  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    समय केही प्रत्युत्पादक रहेको छ । आर्थिक गतिविधिमा ह्रास आउने छ । अनावश्यक आरोपको सामना गरिएला । उत्पादक मुलक काममा घाटा हुनेछ । खेती कृषि विषय पनि त्यति सहज हुने छैन । लगानीका सम्भावना बीचैमा तुहिने छन् ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.